बिहिबारदेखी आँपबोटे घट्टे गाउँको यातायात सुचारु

Share this news

मिनरल स्प्रीङ 25 जुलाई(निसं): गत 14 जुलाईको दिनदेखि सडक मरम्मतिको कारण बन्द राखिएको आँपबोटे घट्टे गाउँको सडकमा आजदेखि यातायात सुचारु गरिएको छ। पैह्रोको कारण गत लामो समयदेखि मर्मत कार्य चलिरहेको हुनाले उक्त सडक भएर ओहोर-दोहोर गर्ने वाहन चालकहरुले विविध समस्या भोग्दै आइरहेका थिए भने सम्बन्धित ठेकादार द्वारा हाल मरमती कार्य पूर्ण गरिएको हुनाले आज तकदाह अभियान्तृकी विभागका कार्यकारी अभियन्ता सरनिम थापाको निरीक्षण पश्चात यातायातको निम्ति सडक खुल्ला गरिने भएको घोषणा गरियो।यस अवसरमा उनले सम्पूर्ण मरम्मति कार्यको स्थलगत निरीक्षण गर्नुका साथै रहल कार्यहरू पनि चाँडै पुरा गरिनुपर्ने सुझाव दिए। उक्त विभागीय टोलीमा सह अभियन्ता ललित प्रधान जे ई श्याम छेत्री पनि उपस्थित थिए।यस अवसरमा स्थानीय आँपबोटे गाउँ समाजका प्रतिनिधिहरु तथा गाउँवासीको पनि उपस्थित रहेको थियो। स्थानीय मानिसहरू तथा जनसाधारणले भोग्दै आइरहेको यातायात सम्बन्धित समस्याको समाधान हुन सकेकोमा समाजको पक्षबाट भागोप्रमो तकदाह ग्लेनवर्ण समष्टिका अध्यक्ष पुलक मोक्तान, जीटीएका प्रमुख कार्यपाल अनित थापा, तकदाह अभियान्तृकी विभागका सम्पूर्ण विभागीय अधिकारीगण, ठेकादार साथै यातायात बन्द अवधि वाहनहरु नचलाई दिएर सहयोग पुर्याउने सम्पूर्ण चालक वर्गलाई अनि परोक्ष अनि प्रत्यक्ष रूपले सहयोग पुर्याउने सम्पूर्णलाई सभापति सुजन पहरीले आभार प्रकट गरेका छ्न्।


Share this news
आजको रोजाइ
धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित