कल्याण राईको परिवारलाई भेट्न पुगे बिमल गुरुङ

Share this news

दार्जीलिङको लेबोङ कोतवली निवासी तथा गोजमुमो विद्यार्थी मोर्चा सदस्य कल्याण राईको सिक्किमको राजधानी गान्तोकमा भएको क्रुर, नृशंस र अमानवीय हत्याप्रति गोर्खा जनमुक्ति मोर्चाले गहिरो दुख व्यक्त गरेको छ। यो केवल व्यक्तिगत घटना नभई सम्पूर्ण सभ्य समाजको नैतिक मूल्य र विधिको शासनप्रतिको विश्वासमाथि गरिएको हमला भएको बताइएको छ। प्राप्त जानकारी अनुसार, एकजना पूर्व बन विभागका कर्मचारीले हत्याको जिम्मेवारी लिँदै गान्तोक थाना पुगेर आत्मसमर्पण गरिसकेको पुष्टि भएको छ।
यसक्रमम मोर्चा अध्यक्ष बिमल गुरुङले बिहीबार मृतकको घरबाटै सिक्किम पुलिसका उच्च अधिकारीसँग फोनमार्फत सम्पर्क गरी निष्पक्ष उच्च स्तरीय जाँचको माग गर्नुका साथै दोषीमाथि कडा कानुनी कारबाही गर्न आग्रह गरेका छन्। यस जघन्य घटनाले मृतक परिवारलाई पारेको मानसिक पीडाप्रति अध्यक्ष बिमल गुरुङद्वारा गहिरो समवेदना प्रकट गरेका छन्, साथै गोर्खा जनमुक्ति मोर्चा पार्टीको पक्षबाट दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई हार्दिक सहानुभूति प्रकट गरेका छन्।

Bimal Gurung went to meet the family of Kalyan Rai


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान