क्रिश्चियन माईनरिटी सोसाइटी-द्वारा विरुवा रोपण

Share this news

दार्जीलिङ,24 जुलाई(निसं): मंगलबारको घूम- जोरबंगलो क्रिश्चियन माईनरिटी सोसाइटी-द्वारा दार्जीलिङ टाईगर हिल परिसरमा रेञ्ज अफिस, सिञ्चेल वेष्ट रेञ्च वन विभागको सहयोगमा महोत्सवको अवसरमा रुख रोपौं, पर्यावरण बचाउ  भन्ने प्रसंगलाई अनुसरण गर्दै वृक्षारोपण कार्यक्रमको आयोजन गरियो। यस कार्यक्रमलाई सफल बनाउन घूम-जोरबंगलो क्षेत्रका विभिन्न मण्डलीका अगुवा जनहरूको सहभागिता रहेको थियो भने पास्टर आईबी राईको शुरुवाती प्रार्थना र मार्ग दर्शनमा पचास भन्दा अधिक विभिन्न प्रजातिका रुखको बिरुवाहरू रोप्ने कार्य गरियो साथै सोसाइटीका प्रमुख सल्लाहकार रेभरेन प्रह्लाद हिङमाङ-द्वारा आजको यस वृक्षारोपण कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्दै दुई शब्द राखे। सोसाइटीका सचिव डिकन रोशन त्रिखत्रीले सञ्चालन गरेकाे यस वृक्षारोपण कार्यक्रमको मुख्य सहयोगीहरू क्रमैले सभापति एलडर गोरडेन ब्यारेट, उप-सभापति एलडर आरएस राई , सल्लाहकार डिकन रमेश पोरतेल, एलडर प्रेम राई, एलडर ध्रुव क्षेत्री‌, मण्डलीका विश्वासी गण लगायत विन बिभागका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो।


Share this news
आजको रोजाइ
धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

धोबी तलाउ क्षेत्रबाट फोहोर र प्लास्टिकजन्य वस्तुहरू संकलन

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

नागपञ्चमी, रिखी डोरी, कुशे औँसीको महत्व घट्दै जाँदैछ

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

वा पिँड़ीलाई शहीदहरूको बारेमा जानकारी नरहेको बुझेपछि गाउँमा बोर्ड लगाइदिए सभासद्ले

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

निष्ठा गौतम – पूर्वोत्तरकी उज्यालो तारा

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

डा. इन्द्र हाङ सुब्बाको केन्द्रीय मन्त्रीद्वयसङ्ग भेटवार्ता

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

राष्ट्रिय नृत्य प्रतियोगिता “क्ल्यास अफ डान्सर्स”को अडिसन

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

जनताको सेवामा समर्पित मुख्यमन्त्री पीएस तामाङ

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

आइजीजेएफको टोली इन्जिनियरिङ्ग अफिसमा

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

मानेबुङ देन्ताम पर्यटन परियोजनामाथि उच्चस्तरीय बैठक

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित

“टान्डोङ ल्हो रुम्फत-२०२५”माथि बैठक आयोजित