गोजमुमो दार्जीलिङ ब्राञ्चद्वारा शहीद दिवस पालन गरिने

Share this news

दार्जीलिङ,24 जुलाई निसं(निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोजमुमो) दार्जीलिङ ब्राञ्च कमिटीद्वारा आगामी 27 जुलाईका दिन शहीद दिवस पालन गरिने भएको छ। यस सन्दर्भमा दार्जीलिङ ब्राञ्च  कमिटी अध्यक्ष एमजी सुब्बाद्वारा जानकारी दिदै भनेका छन्, दार्जीलिङ ब्राञ्च कमिटीका 14 वटा  समष्टिमा अवस्थित शहीद वेदीहरुमा श्रद्धाञ्जली समारोहको आयोजना गरिनेछ। एमजी सुब्बाले बताए अनुसार, प्रत्येक समष्टिमा उपस्थित गोरामुमोका स्थानीय नेतृत्व, भ्रातृ संगठनका सदस्यहरू तथा पार्टी कार्यकर्ताहरूले आ-आफ्नो स्थानमा भेला भई शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मान जनाउने छन्।
एमजी सुब्बाद्वारा सम्पूर्ण गोरामुमो नेतृत्वबर्ग , भ्रातृसंगठन अनि कार्यकर्ताहरुले आगामी 27 जुलाईको दिन शहीदहरूलाई स्मरण गर्दै श्रद्धा प्रकट गर्न आ-आफ्नो समष्टिमा सहभागिता जनाउन अपिल गरेका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान