मदन तामाङ हत्याकाण्ड अन्ततः 15 वर्षपछि शुरू भयो ट्रायल

Share this news

दार्जीलिङ, 24 जुलाई (निसं): अन्ततः 15 वर्षपछि शुरू भयो मदन तामाङ हत्याकाण्डमाथि ट्रायल। जसअन्तर्गत भएको प्रथम भर्चुअल ट्रायलमा हत्याकाण्डका आरोपीहरू क्रमैले कालेबुङका विधायक रूदेन सादा लेप्चा, जीटीएका उपमुख्य कार्यपाल सञ्चवीर सुब्बा, कालेबुङकै पूर्व विधायक डा. हर्कबहादुर छेत्री, गोजमुमो अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी, गोर्खा जनमुक्ति नारी मोर्चा प्रमुख आशा गुरूङ, जीटीएका सभासद विनय तामाङका साथै मोठ 46 जना उपस्थित भए। कलकत्ताको सिटी सेसन्स अदालतमार्फत दार्जीलिङ जिल्ला अदालतमा भएको यस प्रथम भर्चुअल ट्रायलमा मोठ 47 जना आरोपी उपस्थित हुन पर्थ्यो। तर यस हत्याकाण्डका एक आरोपी पुरण राई हाल कलकत्ताको प्रेसिडेन्सी संशोधन गृहमा रहेको कारण उनले त्यसै संशोधन गृहबाटै आफ्नो भर्चुअल उपस्थिति दिए। पुरण राईलाई मदन तामाङ हत्याकाण्डकै आरोपमा सीबीआईले गत केही महीनाअघि बेंगलोरबाट पक्राउ गरेको हो। किनभने, उनले कतिपय सुनवाईको समय आफ्नो उपस्थिति दिएका थिएनन्। यसैकारण उनलाई सीबीआईले पक्राउ गरेको हो। अब यस मुद्दाको अर्को सुनवाई आगामी 25 अगस्तको दिन हुने निश्चित भएको छ भने त्यस सुनवाईको समय स्व. मदन तामाङको पक्षबाट यस मुद्दाको वकालत गरिरहेका उनका भाइ अमर लामा कलकत्ताको सिटी सेसन्स अदालतमा उपस्थित भएर आफ्नो पक्ष राख्ने भएको जानकारी पाइएको छ। जुन समय यस हत्याकाण्डका आरोपीहरू पुनः दार्जीलिङ जिल्ला अदालतमा नै भर्चुअल सुनवाईको लागि उपस्थित हुनपर्नेछ। स्मरण गराइन्छ, 21 मई 2010-को बिहानै स्थानीय अप्पर क्लब साइड परिसरमा गोर्खालीगका नेता मदन तामाङको निर्मम हत्या भएको थियो। त्यस समय मदन तामाङले एउटा जनसभालाई सम्बोधन गर्ने तयारी गरिरहेका थिए। जनसभाको लागि माइक बजिरहेको थियो अनि गोर्खालीगका कार्यकर्ताहरू वरिपरि भेला भएर बसेका थिए। त्यसै समय मदन तामाङमाथि आक्रमण भएको थियो अनि त्यसै दिन उनको मार्मिक निधन भएको थियो। उक्त हत्याकाण्डको आरोपमा गोर्खालीगका नेता लक्ष्मण प्रधानले हत्यारोपीहरू विरूद्ध दार्जीलिङ सदर थानामा उजुरी दर्ता गरेका थिए। जसअनुसार, यो मुद्दा दार्जीलिङ पुलिसबाट सीआईडीले आफ्नो हातमा लिएको थियो भने पछिबाट सीआईडीबाट पनि सीबीआईले यो मुद्दा आफ्नो हातमा लिएको थियो। त्यसपछि यस मुद्दाको सुनवाई लगाताररूपमा कलकत्ताको सेसन्स अदालतमा भइरहेको थियो। यसैबीच, यस हत्याकाण्डका मुख्य साक्षी वा उजुरीकर्ता लक्ष्मण प्रधानको गत केही महीनाअघि निधन भइसकेको छ। यद्यपि, यस मुद्दाको ट्रायल आजदेखि दार्जीलिङ जिल्ला अदालतमा भर्चुअल मोडमा शुरू भएको छ। प्राप्त जानकारीअनुसार, यस हत्याकाण्डको आरोपमा सीबीआईले मोठ 53 जनालाई आरोपी बनाएको छ भने 97 जनालाई साक्षी बनाइएको छ। जसमध्ये 2 जना आरोपी क्रमैले निकोल तामाङ र काइँला (दिनेश) बेपत्ता बनेका छन् भने 4 जना आरोपीको मृत्यु भइसकेको छ। निकोल तामाङलाई सीआईडीले पक्राउ गरेको थियो अनि उनलाई छानबीनको लागि पिन्टेल भिलेजमा राखेको थियो। तर निकोल तामाङ पिन्टेल भिलेजबाटै भागेका थिए, त्यसपछि अहिलेसम्म पनि उनको कुनै पत्तो लाग्न सकेको छैन। यसैले हाल यस हत्याकाण्डमा 47 जना आरोपी छन्, जसमध्ये 46 जना दार्जीलिङ जिल्ला अदालतमा भर्चुअल ट्रायलको लागि उपस्थित भएका थिए। उनीहरूमा क्रमैले कालेबुङका विधायक रूदेन सादा लेप्चा, जीटीएका उपमुख्य कार्यपाल सञ्चवीर सुब्बा, कालेबुङका पूर्व विधायक डा. हर्कबहादुर छेत्री, गोजमुमो अध्यक्ष विमल गुरूङ, उनकी पत्नी आशा गुरूङ, रोशन गिरी, विनय तामाङका साथै अन्य थिए। यस अवसरमा दार्जीलिङ जिल्ला अदालत परिसरमा सुरक्षाको कठोर व्यवस्था गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ