मदन तामाङ हत्याकाण्ड अन्ततः 15 वर्षपछि शुरू भयो ट्रायल

Share this news

दार्जीलिङ, 24 जुलाई (निसं): अन्ततः 15 वर्षपछि शुरू भयो मदन तामाङ हत्याकाण्डमाथि ट्रायल। जसअन्तर्गत भएको प्रथम भर्चुअल ट्रायलमा हत्याकाण्डका आरोपीहरू क्रमैले कालेबुङका विधायक रूदेन सादा लेप्चा, जीटीएका उपमुख्य कार्यपाल सञ्चवीर सुब्बा, कालेबुङकै पूर्व विधायक डा. हर्कबहादुर छेत्री, गोजमुमो अध्यक्ष विमल गुरूङ, महासचिव रोशन गिरी, गोर्खा जनमुक्ति नारी मोर्चा प्रमुख आशा गुरूङ, जीटीएका सभासद विनय तामाङका साथै मोठ 46 जना उपस्थित भए। कलकत्ताको सिटी सेसन्स अदालतमार्फत दार्जीलिङ जिल्ला अदालतमा भएको यस प्रथम भर्चुअल ट्रायलमा मोठ 47 जना आरोपी उपस्थित हुन पर्थ्यो। तर यस हत्याकाण्डका एक आरोपी पुरण राई हाल कलकत्ताको प्रेसिडेन्सी संशोधन गृहमा रहेको कारण उनले त्यसै संशोधन गृहबाटै आफ्नो भर्चुअल उपस्थिति दिए। पुरण राईलाई मदन तामाङ हत्याकाण्डकै आरोपमा सीबीआईले गत केही महीनाअघि बेंगलोरबाट पक्राउ गरेको हो। किनभने, उनले कतिपय सुनवाईको समय आफ्नो उपस्थिति दिएका थिएनन्। यसैकारण उनलाई सीबीआईले पक्राउ गरेको हो। अब यस मुद्दाको अर्को सुनवाई आगामी 25 अगस्तको दिन हुने निश्चित भएको छ भने त्यस सुनवाईको समय स्व. मदन तामाङको पक्षबाट यस मुद्दाको वकालत गरिरहेका उनका भाइ अमर लामा कलकत्ताको सिटी सेसन्स अदालतमा उपस्थित भएर आफ्नो पक्ष राख्ने भएको जानकारी पाइएको छ। जुन समय यस हत्याकाण्डका आरोपीहरू पुनः दार्जीलिङ जिल्ला अदालतमा नै भर्चुअल सुनवाईको लागि उपस्थित हुनपर्नेछ। स्मरण गराइन्छ, 21 मई 2010-को बिहानै स्थानीय अप्पर क्लब साइड परिसरमा गोर्खालीगका नेता मदन तामाङको निर्मम हत्या भएको थियो। त्यस समय मदन तामाङले एउटा जनसभालाई सम्बोधन गर्ने तयारी गरिरहेका थिए। जनसभाको लागि माइक बजिरहेको थियो अनि गोर्खालीगका कार्यकर्ताहरू वरिपरि भेला भएर बसेका थिए। त्यसै समय मदन तामाङमाथि आक्रमण भएको थियो अनि त्यसै दिन उनको मार्मिक निधन भएको थियो। उक्त हत्याकाण्डको आरोपमा गोर्खालीगका नेता लक्ष्मण प्रधानले हत्यारोपीहरू विरूद्ध दार्जीलिङ सदर थानामा उजुरी दर्ता गरेका थिए। जसअनुसार, यो मुद्दा दार्जीलिङ पुलिसबाट सीआईडीले आफ्नो हातमा लिएको थियो भने पछिबाट सीआईडीबाट पनि सीबीआईले यो मुद्दा आफ्नो हातमा लिएको थियो। त्यसपछि यस मुद्दाको सुनवाई लगाताररूपमा कलकत्ताको सेसन्स अदालतमा भइरहेको थियो। यसैबीच, यस हत्याकाण्डका मुख्य साक्षी वा उजुरीकर्ता लक्ष्मण प्रधानको गत केही महीनाअघि निधन भइसकेको छ। यद्यपि, यस मुद्दाको ट्रायल आजदेखि दार्जीलिङ जिल्ला अदालतमा भर्चुअल मोडमा शुरू भएको छ। प्राप्त जानकारीअनुसार, यस हत्याकाण्डको आरोपमा सीबीआईले मोठ 53 जनालाई आरोपी बनाएको छ भने 97 जनालाई साक्षी बनाइएको छ। जसमध्ये 2 जना आरोपी क्रमैले निकोल तामाङ र काइँला (दिनेश) बेपत्ता बनेका छन् भने 4 जना आरोपीको मृत्यु भइसकेको छ। निकोल तामाङलाई सीआईडीले पक्राउ गरेको थियो अनि उनलाई छानबीनको लागि पिन्टेल भिलेजमा राखेको थियो। तर निकोल तामाङ पिन्टेल भिलेजबाटै भागेका थिए, त्यसपछि अहिलेसम्म पनि उनको कुनै पत्तो लाग्न सकेको छैन। यसैले हाल यस हत्याकाण्डमा 47 जना आरोपी छन्, जसमध्ये 46 जना दार्जीलिङ जिल्ला अदालतमा भर्चुअल ट्रायलको लागि उपस्थित भएका थिए। उनीहरूमा क्रमैले कालेबुङका विधायक रूदेन सादा लेप्चा, जीटीएका उपमुख्य कार्यपाल सञ्चवीर सुब्बा, कालेबुङका पूर्व विधायक डा. हर्कबहादुर छेत्री, गोजमुमो अध्यक्ष विमल गुरूङ, उनकी पत्नी आशा गुरूङ, रोशन गिरी, विनय तामाङका साथै अन्य थिए। यस अवसरमा दार्जीलिङ जिल्ला अदालत परिसरमा सुरक्षाको कठोर व्यवस्था गरिएको थियो।


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ