अखण्ड हरिसकीर्तन समितिद्वारा जनाइयो सम्मान

Share this news

खरसाङमा गत केहीदिन अघि अखण्ड हरिसकीर्तन समितिको आयोजनामा सम्पन्न जगन्ननाथ रथ यात्रमा सहयोग र सहभागिता जनाउने विभिन्न सङ्घ-संस्था, धार्मिक एवम् आध्यात्मिक सङ्घ-संस्था लगायत व्यक्ति विशेषप्रति आभार ज्ञापन गर्न तथा सम्मान जनाउन समितिले बुधवार खरसाङमा एउटा कार्यक्रमको आयोजना गरेको थियो। खरसाङको एउटा होटलमा समितिका अध्यक्ष राजेन्द्र प्रसाद अग्रवालको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन समितिका सचिव रमेश प्रसादले गरेका थिए। समारोहमा मुख्य एवम् विशिष्ट अतिथिको रुपमा समितिका संरक्षक तथा खरसाङ राम मन्दिरका पुरोहित अखिलेन्द्रनाथ द्वीवेदी, आचार्य केशव मिश्र, पुरोहित पुरुषोत्तम अधिकारी, पेम्बा रिम्पोछे, रामकृष्ण आश्रमका सञ्चालक सुचितानन्द आनन्द, ब्रम्हकुमारी दुर्गा देवी, आचार्य महेश अत्रि, खरसाङ ट्राफिक ओसी बिरेन्द्र छेत्री, पुरोहित आनन्द पारेख, अधिवक्ता रमेश अग्रवाल, पुरोहित पुण्य प्रसाद शर्मा लगायत विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान