तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा महिनाव्यापी सावनको पूजा र रुद्री पाठ चलिरहेको छ। तीनधारेको रामेश्वर शिवालय मन्दिरमा सावनको महिनाव्यापी शिवको पूजा र रूद्री पाठ चलिरहेको छ। यसपाली 22 औं रुद्री पाठ रहेको र यो 2003 देखि वार्षिक रुपमा लगातार रुपमा चलिरहेको र यो सावन महिनाभरि चल्ने बताइएको छ। उक्त महिनाव्यापी सावनको पूजा एवं रुद्री पाठ रामेश्वर शिवालय मन्दिरको पण्डित राजेन निरौलाको अगुवाईमा आयोजनामा भईरहेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रामेश्वर शिवालय मन्दिर सुधार समितिको सचिव विनयकुमार छेत्रीले सन् 1954 मा स्थापित तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा प्रत्येक वर्ष झैं यसपाली पनि महिनाव्यापी सावनको शिव पूजा एवं महिनाव्यापी रुद्री पाठको आयोजना गरिएको बताएका छन्।
तीनधारेमा महिनाव्यापी सावनको पूजा र रुद्री पाठ
- Post author:admin
- Post published:July 23, 2025
- Post category:सूचना
- Post comments:0 Comments