मिरिक दार्जीलिङ मुख्य सडक नौ माइल थर्बु हाई स्कूल छेउमा बाँसको झ्याङले सडक छोएपछि वाहन दुर्घटनाको सम्भावना बडेको छ। उक्त सडकमा दैनिक धेरै वाहन आवत जावत गर्ने हुनाले अनि सडकमा धेरै बाँस झरेको कारण उक्त बाँसलाई चाँडो हटाँउन आवश्यक रहेको भुक्तभोगीहरूको भनाई रहेको छ।












