ब्याङ्क अनि ब्याङ्क मित्रद्वारा कोलबुङमा सुरक्षा शिविर

Share this news

दार्जीलिङ,23 जुलाई(निसं): युनियन ब्याङ्क अफ इण्डिया दार्जीलिङ शाखा र ब्याङ्क मित्र कोलबुङका चन्द्र प्रसाद शर्माद्वारा कोलबोङ पाठशाला भवनमा आयोजित संयुक्त कार्यक्रममा ब्याङ्कद्वारा सुरक्षा शिविर आयोजना गरिएको थियो, जसमा ब्याङ्कद्वारा ग्राहकहरुको निम्ति धेरै सुविधाहरू प्रदान गरिएको थियो, पीएमजेडीवाई-का पाँच विशेषताहरु थियो। जसमा योग्यता सर्तहरूको अधीनमा रहेर दश हजार रुपियाँसम्मको ओभरड्राफ्ट सुविधा, आधारभूत बचत ब्याङ्क निक्षेप (सीएसबीडी)खाता,ब्याङ्क मित्रहरू मार्फत ग्रामीण क्षेत्रमा ब्याङ्किङ सेवाहरूमा सजिलो प्रक्रिया,नि:शुल्क रुपे डेबिट कार्ड, दुई लाखको दुर्घटना बीमा कभर सहित वित्तीय साक्षरता कार्यक्रमहरू मार्फत वित्तीय उत्पादनहरूको बारेमा जागरूकता पीएमजेडीवाई खाता खोल्ने कार्य रहेको शिविर अधिकारीले जानकारी गराएको छ।जानकारी अनुसार, यसरी नै पीएमजेजेबीवाई,पीएमएसबीवाई अनि एपीवाई-को लागि नामांकन, केवाईसी-को लागि बाँकी बचत खाताहरूको पुन: केवाईसी गरिने काम, प्रधानमन्त्री नामांकन जीवन बीमा बोजना ज्योति बीमा योजना, वार्षिक 436 रुपियाँको प्रिमियममा दुई लाख रुपियाँको जीवन बीमा कभर  (योग्यता 18 वर्षदेखी 50 वर्षसम्म) साथै प्रधानमन्त्री सुरक्षा बीमा योजनामा नामांकन, वार्षिक 20 रुपियाँको प्रिमियममा दुई लाख रुपियाँको दुर्घटना बीमा कभर (योग्यता 18 वर्षदेखी 70 वर्षसम्मरहेको छ। प्रति महिना एक हजार रुपियाँदेखि पाँच हजार रुपियाँसम्मको ग्यारेन्टी गरिएको पेन्सनको लागि अटल पेन्सन योजनाको सदस्यता लिनस्किने जसको योग्यता उमेर 18 वर्षदेखी 40 वर्षसम्म, 10 वा  यो भन्दा अधिक वर्ष पहिले खोलिएका बचत खाताहरू र पीएमजेडीवाई खाताहरू र निष्क्रिय खाताहरूको लागि पुन केवाईसी गराइने जानकारी शिविरमा जनसाधारणलाई जानकारी गराइयो। यसरी नै शिविरको जानकारी अनुसार, डिजिटल ठगीबाट आफूलाई कसरी बचाउने र आरबीआई- को दाबी नगरिएको निक्षेपमा स्थानान्तरण गरिएको पैसा कसरी फिर्ता लिने, यसको बारेमा जानकारी गराइयो। उल्लेखित सुविधाहरू अन्य सुविधाहरू पनि उपलब्धहरुमा खाता,सेवा,आरडी,एफडी चालू र शून्य रकम तथा जन धन खोल्ने बारे अवगत गराइयो  सभामा यी सुविधा बाहेक अन्य निम्न सुविधाहरू पनि रहेको जानकारी दिए, जस्तै ब्याङ्क खाता खिल्ने  सम्बन्धी,सेभिङ,आर्डी,एफ डी, करेन्ट र जिरो ब्यालेन्स (जनधन)। लोन केसीसी,मुद्रा,होम लोन,कार लोन,एजुकेशन लोन,गोल्ड लोन आदिबारे पनि शिविरमा जनाइयो। शिविर तथा आयोजित सुरक्षा सभामा गोक ग्राम पञ्चाय प्रधान साथै सचिवको उपस्थित रहेको थियो भने अन्य ब्याङ्क उपभोक्ताहरूको उपस्थित रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ