खरसाङको वार्ड नम्बर 9 को मन्टिभियट पथ, देवकोटा टोलमा हाल टाइल्स बिछ्याएर बाटो निर्माण गरिएकोमा स्थानीय समितिका सदस्यहरूले जीटीए प्रमुख अनित थापालाई विशेष आभार प्रकट गरेका छन्। समितिले यो बाटोबाट विद्यालय जाने विद्यार्थीहरु, वृद्ध वृद्धाहरु र गाउँवासीहरूलाई दैनिक आवत जावतमा सुविधा भएको छ। यस अवसरमा समितिको सभापति र सचिव शशिकला प्रधानले यस वार्डमा 35 वर्षपछि जीर्णावस्थामा रहेको बाटो जीटीए प्रमुख अनित थापाले सुन्दर तरिकाले बनाई दिएको बताउँदै यस कार्यको लागि जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद श्याम शेर्पाप्रति आभार प्रकट गरेकी छिन्। यसको साथै अझ दुईवटा बाटोहरु र समाज घर पनि बनाई दिने आशा व्यक्त गरेकी छिन्।
टाइल्सको लागि जीटीए प्रमुखप्रति आभार प्रकट
- Post author:admin
- Post published:July 22, 2025
- Post category:सूचना
- Post comments:0 Comments
Tags: Kurseong