अम्बटेको शिवालयमा श्रद्धालुहरूको भीड़

Share this news

पङ्खाबारी,22 जुलाई (निसं)ः अम्बटे चियाबारीको बसेरीमा अवस्थित अत्यन्तै पुरानो अनि यहाँको धार्मिक आस्थाको केन्द्रविन्दु शिवालयमा मङ्गलवार पनि श्रद्धालु भक्तजनहरूको निक्कै भिड़ रहेको थियो। यस मन्दिरमा प्रायः वर्षैभरिनै भक्तजनहरूको भिड़ रहने गर्दछ भने विशेषगरी साउन महिना तथा शिवरात्री पर्वको समयमा अझ अधिक भिड़ रहने गर्दछ। मङ्गलवार पनि शिवालयमा जल चढ़ाउने तथा पूजा-अर्चना गर्न स्थानीय लगायत खरसाङ क्षेत्र अनि यहाँदेखि धेरै टाढ़ा-टाढ़ाबाट श्रद्धालु भक्तजनहरू आएका थिए। यस क्षेत्रकै मानिएका धार्मिक स्थलहरूमध्ये अम्बटेको यस शिव मन्दिर पनि एक हो। यस मन्दिर अनि यहाँको भगवान महादेवप्रति धेरैको श्रद्धा,भक्ति अनि विश्वास रहेको छ। त्यसर्थ मानिसहरू प्रायः वर्षभरिनै धेरै सङ्ख्यामा यस मन्दिरमा आफ्नो मनोकामना पूर्ण गर्न अनि ईश्वरप्रति श्रद्धा र भक्ति अर्पण गर्न आउने गर्छन्‌‍। यसै क्रममा मङ्गलवार पनि भक्तजनहरूको धेरै भिड़ रहेको थियो। यहाँ आएका श्रद्धालुहरूलाई प्रत्येक समय प्रसाद एवम्‌‍ खाजाको व्यवस्था मन्दिर सञ्चालन समितिले गरिरहेको पनि देखियो।


Share this news
आजको रोजाइ
शिवखोला ग्राम पञ्चायतको नयाँ भवन उद्घाटन

शिवखोला ग्राम पञ्चायतको नयाँ भवन उद्घाटन

पुष्परानी विद्यालयमा व्यवस्थित मतदाता एवं चुनावी सहभागिता बारे जागरुकता कार्यक्रम

पुष्परानी विद्यालयमा व्यवस्थित मतदाता एवं चुनावी सहभागिता बारे जागरुकता कार्यक्रम

खरसाङ्मा तीव्र हवा-पानीले गर्दा समस्या, राजमार्गमा रुख ढल्यो

खरसाङ्मा तीव्र हवा-पानीले गर्दा समस्या, राजमार्गमा रुख ढल्यो

वार्ड नम्बर 13 मा नयाँ हेल्थ सेन्टर निर्माणको लागि शिलान्यास

वार्ड नम्बर 13 मा नयाँ हेल्थ सेन्टर निर्माणको लागि शिलान्यास

कार्यकारिणी र सीएलसी सदस्यलाई जनाइयो अभिनन्दन

कार्यकारिणी र सीएलसी सदस्यलाई जनाइयो अभिनन्दन

“आमा योजना”को प्रभावी कार्यान्वयन सुनिश्चित गराउनु

“आमा योजना”को प्रभावी कार्यान्वयन सुनिश्चित गराउनु

गोर्खाहरूको चारबुँदे प्रतिवेदन पठाउन अनुरोध

गोर्खाहरूको चारबुँदे प्रतिवेदन पठाउन अनुरोध

मनिशालाई मेरो भोईस यूनिभर्समा जिताउने अनुरोध

मनिशालाई मेरो भोईस यूनिभर्समा जिताउने अनुरोध

अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणार्थ शिलान्यास

अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणार्थ शिलान्यास

लिङ्गतेन प्राथमिक पाठशाला भवनले काँचुली फेर्ने

लिङ्गतेन प्राथमिक पाठशाला भवनले काँचुली फेर्ने