अजयले बन्द चियाबारीका 18 जनालाई पाथीभरा दर्शन पठाए

Share this news

पेशोक,22 जुलाई(निसं): एड्वर्ड्स फाउण्डेसन-द्वारा सोमबारको दिन बन्द पेशोक चिया बगानका 18 जनालाई श्रद्धा यात्राको लागि नेपालको पाथीभरा मन्दिर पठाइयो।
बन्द चिया बगानवासीहरुलाई तीर्थ यात्रा गराउन हेतु एड्वर्ड्स फाउण्डेसन-द्वारा श्रद्धा यात्रा अन्तर्गत सोमबार बन्द रहेको पेशोक चियाबगानका 18 जनालाई छिमेकी राष्ट्र नेपालको पाथीभरा मन्दिर दर्शन गराउन लगियो। सावन महिनाको पहिलो सोमबारको विशेष अवसर पारेर बन्द अवस्थामा रहेको पेशोक चियाबारीका 18 जनालाई श्रद्धा यात्राको लागि पठाइने क्रममा आईजीजेएफ केन्द्रीय समितिका वरिष्ठ सदस्य एनबी खवास, तक्लिङ-पेशोक समष्टि संयोजक किरण राई एवं आईजीजेएफ युवा नेतृत्व राब्गे राई अन्यको उपस्थितिमा पुजा गर्दै  साथै सबैको शुभ श्रद्धा यात्राको कामना गर्दै आईजीजेएफ केन्द्रीय समिति सदस्य एनबी खवासले नरिवल फुटाएर शुभकामना प्रकट गर्दै प्रार्थना गरे भने सबै श्रद्धा यात्रीहरुलाई खदा लगाएर बस गाडीमा प्रवेश गराई विदाई दिइयो।

यस श्रद्धा यात्राको अवसरमा आईजीजेएफका वरिष्ठ सदस्य एनबी खवासले भने, विशेष सामजिक कार्यकर्ताको रुपमा चिनिने अजय एड्वर्ड्सको पहलमा श्रद्धा यात्राको थालनी गरिएको छ।विशेष बन्द अवस्थामा रहेका चिया बगानवासीहरुको निम्ति गरिएको पहलकोपहिलो पडाउ तुङसुङ चियाबारीबाट गरिएको थियो अनि बन्द अवस्थामा रहेको पेशोक चियाबारीका 18 जना श्रद्धा यात्रीहरुलाई नेपालको पाथीभरा माताको दर्शन गराउन लगिएको जानकारी खवासले मिडियालाई दिए। खवासले यो यात्रा यही अन्त नहुने बताउदै भोलिको दिनमा बुद्धिष्ट समुदायको निम्ति बौद्ध गया, कलकता गर्दै विविध स्थलहरुमा दर्शन गरिने स्पष्ट पारे । यसै विषयलाई मध्य नजर गर्दै आईजीजेएफ तक्लिङ-पेशोक समष्टि संयोजक राईले एड्वर्ड्स फाउण्डेसन मार्फत आज पेशोकका अठार जनालाई श्रद्धा यात्रामा लगिदै छ् भन्दै यसको श्रेय अजय एद्वर्ड्सलाई जाने बताए भने आजको यात्रा सफल होस् भन्दै पाथीभरा माता प्रति नमन गर्दै अजय एडवर्ड्सको सुस्वास्थ्य र दिर्घायुको कामना माता पाथीभराले पूरा गरिदियोस भनी प्रार्थना पनि गर्दै सबैलाई  बधाई एवं शुभकामना प्रकट गरे। यात्रीहरुले पाथीभरा माता कि जय को नारा लगाउदै पेशोक बाट प्रस्थान गरिएको जानकारी आईजीजेएफका वरिष्ठ सदस्य एनबी खवासले दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ