तक्लिङ-1 ग्राम पञ्चायतमा ल्याण्ड म्यूटेसन दोस्रो शिविर 

Share this news

पेशोक-बडा मंगवा, 22 जुलाई (निसं):वितेका धेरै समयदेखि हुन् नसकेको ल्याण्ड म्यूटेसन-को कार्यलाई सफल गर्न रंगली-रंगलीयट खण्ड पञ्चायत समितिको पहलमा सोमबार दोस्रो चरणको ल्याण्ड म्यूटेसन माथि शिविर तक्लिङ-1 ग्राम पञ्चायतमा सम्पन्न भयो। विशेष गरेर धेरै घर परिवारहरुको जमिनको कागज-पत्र, छोरा-छोरी वा जिवित व्यक्तिको नाममा जमिनको नामसारी वा नबनिएको थुप्रै समस्याहरु लिएर आज बडा मंगवा बस्ती, तक्लिङ, छोटा मंगवा आदि क्षेत्रका मानिसहरुको आगमन देखियो भने धेरैको कागज पत्रहरु बनाएर नाम सार्नु पर्ने, नाम छुट्याउनु पर्ने ,लिगल हेयर अनुरुप कार्य गरिनु पर्ने धेरैले बुझेर आफ्नो कागजात लिएर आएका थिए भने कतिपयले बुझ्न मात्र पनि आएका थिए भनी शिविरले जानकारी गराएको छ।यस विषयमा रंगली-रंगलीयट खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीले भने अनुसार, पञ्चायती राज प्रणाली पहाड्मा लागू भएपछि मानिसहरुको थातीमा रहेको वा धेरै समय देखि अड्किएर बसेको काम आजको यो शिविर मार्फत बनिन लागेको छ् । ल्याण्ड म्यूटेसन-को अल्जो धेरै जनाको छ् भन्दै आज सम्भवत यो दोस्रो शिविर तक्लिङ-1 ग्राम पञ्चायत कार्यलयमा आयोजना गरिएको प्रष्ट पारे। विशेष लहरे पट्टा माथि राखिएको प्रथम शिविर पुबुङ रामपुरिया ग्राम पञ्चायतमा आयोजना गरिएको जहाँ  लगभग 51 जना आवेदकहरुले ल्याण्ड म्यूटेसनको लागि आवेदन गरेका थिए भनी सभापति छेत्रीले बताउदै पञ्चायती राज प्रणाली मार्फत अनि जीटीए प्रमुख् अनित थापाको विशेष पहल अनुसार यो शिविरको आयोजन गरिएको जसमा पञ्चायत समिति अधिनस्त भुमी औ भुमि सुधारका कर्मध्यक्षको ठूलो सहयोग अनि ग्राम पञ्चायतको पनि सहयोग रहेको जनाए। लहरे पट्टाको समस्या लिएर आएका धनकुमार विश्वकर्मले पनि आफू ल्याण्ड म्यूटेसन-को काम लिएर आज आएको बताए भने यस कार्यले ग्रामवासीलाई धेरै सहयोग पुगेको बताए। आफुले यस् शिविर मार्फत आफ्नो काम गर्न लागिपरेको जनाए ।
ग्राम पञ्चायत स्तरमा नै ल्याण्ड म्यूटेसन-माथि शिविर आयोजना गरिएको कारण स्थानीय ग्रामवासीको लागि ठूलो उपकार भएको स्थानीयहरुले मत व्यक्त गरे। यस कार्यको निम्ति रंगली-रंगलीयट खण्ड विकास कार्यलयबाट बीएलआरओ विभाग लगायत एसआरओ-2, आरआई, यूडीसी अनि आरआई-को उपस्थितिमा कार्य सम्पन्न गरिएको थियो भने ग्राम पञ्चायत कार्यलयका कर्मचारीवर्ग, ग्राम पञ्चायत सदस्य्हरु, ग्राम प्रधान आदि पनि आफ्नो कार्यलयमा व्यस्त देखियो।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ