तीनधारेमा स्वतन्त्रता दिवस समारोह पालन गरिने

Share this news

तीनधारेमा यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित शिक्षक संगठनको आयोजनामा स्वतन्त्रता दिवस समारोह पालन गरिने भएको छ। यसबारेमा शिक्षक संगठन तीनधारे महानदी समष्टिको सभाको आयोजन गरिएको थियो। उक्त सभाको अध्यक्षता प्रधान अध्यापक संग्राममणि वाईबाको अध्यक्षतामा गरिएको थियो। सभालाई शिक्षक संगठन तीनधारे महानदी समष्टिका सचिव उत्तम छेत्रीले सञ्चालन गरेका थिए। जुन सभामा शिक्षक संगठन तीनधारे महानदी समष्टिका सभापति बिमल शेर्पाको विशेष उपस्थिति रहेको थियो। सभामा स्वतन्त्रता दिवस समारोह आयोजन समिति गठन गरियो। यस समितिमा सभापति विकास प्रधान, मूल सचिव सुरेन्द्र गुरुङ, कोषाध्यक्ष प्रवीण राई र प्रचार प्रसार सचिव सन्तोष लामा चयन गरिएका छन्। सभामा आगामी स्वतन्त्रता दिवस समारोहमा‌ प्राथमिक पाठशाला र हाई स्कूल स्तरीय विद्यार्थीहरुलाई लिएर कस्तो कस्तो खेलकूदहरु आयोजना गरिने विषयमा चर्चा परिचर्चा गरिएको समारोह समितिका प्रचार प्रसार सचिव सन्तोष लामाले विस्तृत रुपमा जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान