घरेलु उत्पादन एलोभेरा तथा तितेपाती समावेश जैविक साबुनको सार्वजनिक

Share this news

मजुवा, 22 जुलाई (निसं): रंगीत मजुवामा घरेलु उद्योगद्वारा निर्मित एलोभेरा तथा तितेपाती समावेश गरिएको जैविक नुहाउने साबुनको औपचारिक सार्वजनिक गरिएको छ। ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चाको न्यानो आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्वप्रधान सविन राई लगायत क्षेत्रका विभिन्न समाज तथा संघ–संस्थाका प्रतिनिधिहरू, डा. राधाकृष्णन् उच्चतर माध्यमिक विद्यालयका शिक्षकगण तथा स्थानीय जनसाधारणहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।शिक्षक प्रवीण राईद्वारा सञ्चालित कार्यक्रममा घरेलु उत्पादन साबुन  उत्पादक विशन राईले आफ्ना अनुभव र भावना व्यक्त गर्दै स्थानीय स्रोतसाधनको प्रयोगद्वारा निर्मित उत्पादनलाई सबैले साथ र प्रोत्साहन प्रदान गर्न आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा अन्य विविध प्रकारका घरेलु जैविक उत्पादनहरू गर्न सकिने विश्वास व्यक्त गर्दै सामूहिक सहकार्य र सद्भाव आवश्यक रहेको बताउनुभयो।
ग्राम पञ्चायत प्रधान रोगेन वाङ्दी लेप्चाले आफ्नो मन्तव्यमा मजुवा ग्राम पञ्चायतभित्र यस्ता सिर्जनात्मक तथा आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने कार्यक्रमको आयोजना भएकोमा हर्षप्रकट गर्दै यसले स्थानीय स्तरमा उद्यमशीलताको विकासमा प्रेरणा दिने विश्वास व्यक्त गर्दै यसरी नै युवापुस्ताले नयाँ आयम र प्रोत्साहनजनक कार्यहरूमा आफुलाई दृढ संकल्पको साथ लगनशीलताले कामहरू गर्दै अघाडी बडिरहे गाउँ क्षेत्रको नाम रोशन गर्ने पूर्ण भरोसा रहेको बताउदै, आगामी दिनहरूमा आफ्नो तर्फबाट आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको समापनतर्फ आयोजक पक्षको तर्फबाट खालिङ गाउँ नविन युवा समाजका सचिव विशाल राईले उपस्थित सम्पूर्ण अतिथिहरूप्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गरे।


Share this news
आजको रोजाइ
खरसाङ्को डाउहिलमा निर्माण भएको प्रेसिडेन्सी युनिभर्सिटीको क्याम्पस चाँड़ै सञ्चालनमा

खरसाङ्को डाउहिलमा निर्माण भएको प्रेसिडेन्सी युनिभर्सिटीको क्याम्पस चाँड़ै सञ्चालनमा

खरसाङ कलेजका सहायक प्राध्यापक डा. शङ्कर प्रसाद शाहलाई खाद्य सूक्ष्म जीव विज्ञानमा विश्वमा उत्कृष्ट स्थान प्राप्त

खरसाङ कलेजका सहायक प्राध्यापक डा. शङ्कर प्रसाद शाहलाई खाद्य सूक्ष्म जीव विज्ञानमा विश्वमा उत्कृष्ट स्थान प्राप्त

चितुवाबाट सुरक्षाको निम्ति मन्टिभिएट ग्राम सुधार समितिको माग

चितुवाबाट सुरक्षाको निम्ति मन्टिभिएट ग्राम सुधार समितिको माग

सिलगुड़ी–कालिम्पोङ–दार्जिलिङ सर्किटलाई अविस्मरणीय बनाउने ७ उत्कृष्ट गन्तव्यहरू

सिलगुड़ी–कालिम्पोङ–दार्जिलिङ सर्किटलाई अविस्मरणीय बनाउने ७ उत्कृष्ट गन्तव्यहरू

भोटर, आधार कार्ड र पासपोर्ट फोटो‌ अनिवार्य

भोटर, आधार कार्ड र पासपोर्ट फोटो‌ अनिवार्य

लागुऔषध तथा तस्करी विरोधी पुरुष फुटबल -२०२५

लागुऔषध तथा तस्करी विरोधी पुरुष फुटबल -२०२५

विधायक तेन्जिङ नोर्बु लाम्थाको अथक जनसम्पर्क

विधायक तेन्जिङ नोर्बु लाम्थाको अथक जनसम्पर्क

लोकतन्त्र विरोधी गैर जिम्मेवार कुराको भर्त्सना

लोकतन्त्र विरोधी गैर जिम्मेवार कुराको भर्त्सना

गान्तोक नगर निगमको लागि समन्वय बैठक सम्पन्न

गान्तोक नगर निगमको लागि समन्वय बैठक सम्पन्न

SAP क्याम्पमा राज्यको ५० वर्षे औसरमा फुटबल

SAP क्याम्पमा राज्यको ५० वर्षे औसरमा फुटबल

आजको रोजाइ