बाँसबोटे सार्वजनिक भवनको जिर्णोद्धारको निम्ति कमिटी गठन 

Share this news

रिम्बिक,22 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टिको बाँसबोटे सार्वजनिक भवनमा आइतबार एक महत्वपूर्ण सभा सम्पन्न भयो। सभाको अध्यक्षता स्थानीय निर्वाचित सदस्य नन्दकुमार लक्समले गरेका थिए। सभामा क्षेत्रका तीनवटा पञ्जिकृत समाजहरु क्रमैले मिलन संघ, कल्याण संघ अनि सगरमाथा संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सभाको औचित्य बाँसबोटे सार्वजनिक भवनको जिर्णोदारको निम्ति एक कमिटी गठन गर्नु रहेको थियो। भवनको अवस्था दयनीय बन्दै गएको यथार्थलाई आत्मासाथ गर्दै उपस्थितहरुले भवनको पुन: निर्माणको निम्ति पहल गर्नु नितान्त अनिवार्य रहेको बोध गरेपछि एक कमिटी गठन गरेको छ जसमा तीनै समाजका प्रतिनिधिहरुलाई समावेश गरिएको छ भनी समितिले बताएको छ।जसमा अध्यक्षको अभिभारा नन्दकुमार  लक्समलाई दिइएको छ। उपाध्यक्षहरु चन्द्र दर्नाल, बिजय कार्की रहेका छन्। यसैगरी महासचिवको रुपमा फिञ्जु शेर्पा, सह- सचिवमा चित्रसेन काम्बाङ अनि बिकास सेन्दाङ चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी संजोक प्रधान अनि बिप्लव दाहाललाई प्रदान गरिएको छ। यसका साथै एघार जनालाई सल्लाहकार चयन गरिएको छ। सभाको उद्देश्यबारे बोल्दै स्थानीय नरेन्द्र काम्बाङले कमिटी संचालन हेतु अनि भवनको जिर्णोद्धार हेतु कोषको अनिवार्यतामा जोड दिदै ब्याङ्क खाता खोल्नु पर्ने बताए। अर्का वक्ता फिन्जु शेर्पाले नव गठित कमिटीको उद्देश्य पुरा गर्न सबैको हातेमालो आवस्यक रहेको बताए। सभाले सार्वजनिक भवन प्रयोगको निम्ति संशोधित शुल्क सुची तयार पनि गरेको छ।



Share this news
आजको रोजाइ
कार्यकारिणी र सीएलसी सदस्यलाई जनाइयो अभिनन्दन

कार्यकारिणी र सीएलसी सदस्यलाई जनाइयो अभिनन्दन

“आमा योजना”को प्रभावी कार्यान्वयन सुनिश्चित गराउनु

“आमा योजना”को प्रभावी कार्यान्वयन सुनिश्चित गराउनु

गोर्खाहरूको चारबुँदे प्रतिवेदन पठाउन अनुरोध

गोर्खाहरूको चारबुँदे प्रतिवेदन पठाउन अनुरोध

मनिशालाई मेरो भोईस यूनिभर्समा जिताउने अनुरोध

मनिशालाई मेरो भोईस यूनिभर्समा जिताउने अनुरोध

अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणार्थ शिलान्यास

अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणार्थ शिलान्यास

लिङ्गतेन प्राथमिक पाठशाला भवनले काँचुली फेर्ने

लिङ्गतेन प्राथमिक पाठशाला भवनले काँचुली फेर्ने

बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

कल्याण राईको हत्याको निष्पक्ष जाँचको माग

कल्याण राईको हत्याको निष्पक्ष जाँचको माग

आशित राईद्वारा पाक्योङ आइपीआर कार्यालयको भ्रमण

आशित राईद्वारा पाक्योङ आइपीआर कार्यालयको भ्रमण

जन-उन्मुक्ति दिवस आमा सम्मान दिवसमा निम्तो

जन-उन्मुक्ति दिवस आमा सम्मान दिवसमा निम्तो