बाँसबोटे सार्वजनिक भवनको जिर्णोद्धारको निम्ति कमिटी गठन 

Share this news

रिम्बिक,22 जुलाई(निसं): रिम्बिक-लोधोमा समष्टिको बाँसबोटे सार्वजनिक भवनमा आइतबार एक महत्वपूर्ण सभा सम्पन्न भयो। सभाको अध्यक्षता स्थानीय निर्वाचित सदस्य नन्दकुमार लक्समले गरेका थिए। सभामा क्षेत्रका तीनवटा पञ्जिकृत समाजहरु क्रमैले मिलन संघ, कल्याण संघ अनि सगरमाथा संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सभाको औचित्य बाँसबोटे सार्वजनिक भवनको जिर्णोदारको निम्ति एक कमिटी गठन गर्नु रहेको थियो। भवनको अवस्था दयनीय बन्दै गएको यथार्थलाई आत्मासाथ गर्दै उपस्थितहरुले भवनको पुन: निर्माणको निम्ति पहल गर्नु नितान्त अनिवार्य रहेको बोध गरेपछि एक कमिटी गठन गरेको छ जसमा तीनै समाजका प्रतिनिधिहरुलाई समावेश गरिएको छ भनी समितिले बताएको छ।जसमा अध्यक्षको अभिभारा नन्दकुमार  लक्समलाई दिइएको छ। उपाध्यक्षहरु चन्द्र दर्नाल, बिजय कार्की रहेका छन्। यसैगरी महासचिवको रुपमा फिञ्जु शेर्पा, सह- सचिवमा चित्रसेन काम्बाङ अनि बिकास सेन्दाङ चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी संजोक प्रधान अनि बिप्लव दाहाललाई प्रदान गरिएको छ। यसका साथै एघार जनालाई सल्लाहकार चयन गरिएको छ। सभाको उद्देश्यबारे बोल्दै स्थानीय नरेन्द्र काम्बाङले कमिटी संचालन हेतु अनि भवनको जिर्णोद्धार हेतु कोषको अनिवार्यतामा जोड दिदै ब्याङ्क खाता खोल्नु पर्ने बताए। अर्का वक्ता फिन्जु शेर्पाले नव गठित कमिटीको उद्देश्य पुरा गर्न सबैको हातेमालो आवस्यक रहेको बताए। सभाले सार्वजनिक भवन प्रयोगको निम्ति संशोधित शुल्क सुची तयार पनि गरेको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ