भारत नेपाल सीमा ओकेटी खडका गाउँमा विमारी अवस्थामा लडी रहेको गाईको 21 दिनपछि मृत्यु भएको छ। कसैले अलपत्र छोडेको गाई मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, मिरिक प्राणी सम्पद विभागका कर्मचारी पवन छेत्री, रिया सुब्बा, क्षेत्रवासी अनि विभिन्न निकायका मानिसहरू, ग्राम पन्चायतका निर्वाचित सदस्यहरू, एसएसबी उपस्थित रहेर गाईलाई उद्धार गर्ने भरमग्दुर चेष्टा गरेका थिए भने मिरिक प्राणी सम्पद विभागका कर्माचारीहरू पवन छेत्री, रिया सुब्बा अनि चेतन प्रधान पनि उक्त स्थानमा पुगेर निरन्तर गाईको उपचार गरिरहेका थिए उपचारको अवधिमा नै उक्त गाईको मृत्यु भएपछि हिन्दु परम्परा अनुसार गाईको अन्तिम संस्कार गरियो।
