फसल राम्रो, दाम छैन, इस्कुस कृषकहरू निराश

Share this news

मजुवा,21 जुलाई (निसं): सब्जीहरूमा लोकप्रिय मानिने इस्कुसको उत्पादन राम्रो भएपनि बजार भाउ खस्किएपछि कृषकहरूमा निराशता छाउन थालेको छ। इस्कुसको उत्पादन पहाडको प्रायः क्षेत्रहरूमा हुने गर्दछ। जसमा पनि दार्जीलिङ-पुलबजार खण्डको विभिन्न क्षेत्र रेलिङ ग्राम, कैंजले ग्राम, मजुवा ग्राम अन्तर्गत पर्ने विभिन्न ग्रामीण क्षेत्रहरूमा राम्रो उत्पादन हुने गर्छ। तर यसवर्ष भने फसल राम्रो भएपनि दाम नलागेपछि इस्कुस कृषकहरूमा निराशाको बादल मोडारिन थालेको छ। खेति योग्य सर्वस्व जमीन इस्कुसलाई तिलाञ्जली दिएर इस्कुसको खेतिमा लागेको कृषकहरूलाई बजारभाउ खस्किनाले धेरै नोक्सानी वेहोर्नु परेको छ। गत वर्षहरूमा उत्पादन संगै बजारभाउ सन्तोष जनक रहेको थियो भने यसवर्ष आफैले टिपेर प्रति किलोग्राम 5 रूँपिया गरे बिक्री भइरहेको छ। कृषकहरूको जिवीकोपार्जन संगै विभिन्न खर्चापात र बालबच्चाहरूलाई स्कूल, खाता किताब आदिको समस्या समाधानमा खर्चपात सबथोक टार्न हिँउदभरि मचान लगाएर भरोसा गरेको नगदेबाली इस्कुसको खेतिले लाज टार्न नसक्ने भएको कृषक महेन्द्र राईले बताए। बर्षा भरिको सबै खर्चपात धान्ने भरोसा गरेको खेतिले भनेजस्तो नभएपछि चाडबाड र मनोरञ्जनात्मक कार्यहरू सोचनीय हुने पनि उनले बताए। दु:ख कष्ट गरेर लगाएको खेतीले भनेजस्तो बजारभाउ नपाउनु ले र राम्रो उब्जनी नहुनु नै कृषकहरूको निम्ति खेतिपातीदेखी विमुख हुने प्रबल सम्भावना रहेको देखिन्छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान