अम्बटे चियाबारीको बसेरीमा अवस्थित अत्यन्तै पुरानो अनि यहाँको धार्मिक आस्थाको केन्द्रविन्दु शिवालयमा सोमबारवार श्रद्धालु भक्तहरूको निक्कै भिड़ रहेको थियो। यो मन्दिरमा प्रायः वर्षेभरि नै भक्तहरूको भीड़ रहने गर्दछ भने विशेषगरी साउन महीना तथा शिवरात्रि पर्वको समयमा अझ अधिक भीड़ रहने गर्दछ। सोमवार शिवालयमा जल चढ़ाउने तथा पूजा-अर्चना गर्न स्थानीय लगायत खरसाङ क्षेत्र अनि यहाँदेखि धेरै टाढा-टाढाबाट श्रद्धालु भक्तहरू आएका थिए। यस क्षेत्रकै मानिएका धार्मिक स्थलहरूमध्ये अम्बटेको यस शिव मन्दिर पनि एक हो। यस मन्दिर अनि यहाँको भगवान महादेवप्रति धेरैको श्रद्धा, भक्ति अनि विश्वास रहेको छ।
अम्बटे, बसेरीको शिवालयमा श्रद्धालुहरूको भीड
- Post author:admin
- Post published:July 21, 2025
- Post category:स्थानीय
- Post comments:0 Comments