28 नम्बर खरसाङ चिमनी देवरालीको चिमनी देवराली ग्राम पञ्चायत कार्यालयको नयाँ भवनको विधिवत उदघाटन गरिएको छ। उक्त नयाँ पञ्चायत भवनको उदघाटन 28 नम्बर समष्टिको सभासद श्याम शेर्पाको विशेष उपस्थितिमा खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीद्वारा रिबन काटेर उदघाटन गरिएको छ। यस अवसरमा खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत प्रधान विमल तामाङ, उप प्रधान अनुपा सुब्बा, पञ्चायत सदस्यहरु, पञ्चायत कार्यालयको कर्मचारीहरु अनि विभिन्न संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो। प्रथममा लामाजनबाट पूजापाठ गरेपछि पञ्चायत प्रधानद्वारा नरिवल फुटाएपछि सभासद श्याम शेर्पा र खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री अनि खरसाङ खण्ड विकास अधिकारीद्वारा पर्दा हटाएर अनि रिबन काटेर उदघाटन गरियो। यस उदघाटन समारोहपछि दोस्रो चरणमा अतिथिहरुलाई श्रद्धा र फूलको बुकेद्वारा सम्मान गर्दै स्वागत जनाएपछि स्वागत भाषण पञ्चायत प्रधान विमल तामाङले राखेका भने कार्यक्रमको सञ्चालन अनिल राईले गरेका थिए।
समष्टि 28 चिमनी देवरालीमा पञ्चायत भवन उद्घाटन
- Post author:admin
- Post published:July 21, 2025
- Post category:ट्रेन्दिङ
- Post comments:0 Comments