खस भारतीय हितकारी सम्मेलनको वार्षिक सम्वर्द्धना

Share this news

खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समिति तथा अप्पर सोनादा शाखाको‌ आयोजनामा छैंटौं वार्षिक सम्वर्द्धना समारोह सम्पन्न भएको छ। यस समारोहलाई सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्रीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए‌।अतिथिहरुको बाहुलीबाट दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा स्वागत सम्भाषण सोनादा आञ्चलिक समितिको मूल सचिव राजेन छेत्रीले राखेका थिए भने स्वागत नृत्य सम्भवी छेत्रीले अप्पर सोनादा शाखाको तर्फबाट प्रस्तुत गरेका थिए। कार्यक्रममा कविता वाचन प्रयत्न कार्की, लोवर रमिते शाखाबाट प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा खस प्रेरणा सम्मान आनन्द छेत्री अनि अर्पणा छेत्रीलाई प्रदान गरियो।‌ कार्यक्रममा गीत गायक अमर शर्माले प्रस्तुत गरेका थिए भने नृत्य श्रद्धा छेत्रीले लोवर रमिते शाखाको तर्फबाट प्रस्तुत गरेका थिए भने 11 माईल प्रशान्तिग्राम शाखाको तर्फबाट पनि नृत्य प्रस्तुत गरिएको थियो।‌


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न