चिम्नी देवराली ग्राम पञ्चायत कार्यालय उद्घाटन

Share this news

खरसाङ, 20 जुलाई (निस): 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि अन्तर्गत चिम्नी देवराली ग्राम पञ्चायत कार्यालयको नव निर्मित भवनको विधिवत उदधाटन आइतवार गरिएको छ। सिमष्टि को सभासद्‌‍ श्याम शेर्पा, खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री, खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, खरसाङ पञ्चायत समिति सदस्य दिनेश तामाङ, ग्राम पञ्चायत प्रधान विमल तामाङ, उपाप्रधान अनुपा सुब्बा, ग्राम पञ्चायत सदस्यहरू, ग्राम पञ्चायत कार्यालयका कर्मचारीहरू अनि विभिन्न सङ्घ-संस्थाका सदस्यहरूको उपस्थितिमा सम्पन्न एक कार्यक्रममा कार्यालय भवनको उद्घाटन गरिएको हो। कार्यक्रममा बौद्ध धर्मगुरु लामाहरूबाट पूजा-पाठ गरिएको थियो। पूजाको कार्यक्रमपछि ग्राम पञ्चायत प्रधान विमल तामाङ्को बाहुलीबाट नरिवल फुटाए अनि सभासद्‌‍ श्याम शेर्पा, पञ्चायत समिति सभापति अनु छेत्री अनि खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीको बाहुलीबाट पर्दा उठाएर रिबन काटी भवनको उद्घाटन गरिएको थियो। कार्यक्रममा अतिथिहरूलाई खदा अर्पण गरेर फूलको गुच्छा प्रदान गरी सम्मान अनि स्वागत जनाइएको थियो। कार्यक्रममा स्वागत भाषण पञ्चायत प्रधान विमल तामाङले राखेका थिए भने कार्यक्रमको सञ्चालन अनिल राईले गरेका थिए। कार्यक्रममा खरसाङ पञ्चायत समिति सभापति अनु छेत्री, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती अनि सभासद्‌‍ श्याम शेर्पाले वक्तव्य राखेका थिए भनी भागोप्रमो प्रचार प्रसार सदस्य रूपेश देवानले जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ