माध्यमिक शिक्षा केन्द्र सगठनद्वारा अवकाशप्राप्त शिक्षकहरुलाई सम्मान 

Share this news

दार्जीलिङ,20 जुलाई(निसं): शनिबार एक कार्यक्रमको साथमा पहाडका विभिन्न माध्यमिक शिक्षा केन्द्रहरुका हालै अवकाश ग्रहण गरेका तीन जना शिक्षकहरुलाई माध्यमिक शिक्षा केन्द्र शिक्षक(एमएसके) संगठन केन्द्रिय समितिले सम्मान जनाएको छ। दार्जीलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनको प्रेक्षागृहमा आयोजना गरिएको कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने उनैको बाहुलीबाट अवकाशप्राप्त तीन शिक्षकहरु क्रमैले बुद्ध कुमार ब्लोन, राजेन प्रकाश राई अनि अम्बर गुरुङलाई शिरशोभा, प्रसस्ती-पत्रद्वारा अभिनन्दन गरियो।
संगठनका अध्यक्ष मनोज कुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै कार्यपाल थापाले, यस्तो कार्यक्रमले अवकास जीवन बिताउनु थाले पछि कार्यरत साथीहरुले बिर्सने गर्छन भन्ने कुरा सबै सत्य नलागेको बताए भने पूर्व शिक्षक-शिक्षिकाहरूको शैक्षिक योगदानको सम्मान गर्दै अभिनन्दन जनाउनु एमएसके संगठनले राम्रो संस्कार स्थापित गरेका बताए। यसका साथमा पहाडको दुर्गम क्षेत्रको शैक्षिक धरातललाई माथि उठाउन एमएसकेले ठुलो कार्य गरेको तथा गाउँवासीहरुले माध्यमिक शिक्षा केन्द्र मार्फत नजिकै शैक्षिक गन्तब्य पाएकोले साक्षरता स्तरलाई माथि उठाउन ठुलो योगदान दिएको थापाले उल्लेख गरे।  यद्यपि एमएस केन्द्रहरूमा अन्य विद्यालय सरह सुविधाहरू धेरै कम्ती रहेको तथा यसबारेमा पहलमा धेरै कामहरु गर्न आवस्यक रहेको उनको बताए। उनले अझ भने, माध्यमिक शिक्षा केन्द्रहरु आवश्यक सुविधाको कमिमा पनि पहाडको शैक्षिक धरातल उठाउन जुन कार्य गर्दैछ त्यो पहाडले कदापि भुल्न हुदैन भने माध्यमिक शिक्षा केन्द्रका शिक्षक शिक्षिकाहरुको योगदानलाई एकदिन आवस्य सम्मान हुने थापाले बताए।
अर्कोतिर आफुहरुले गरेको योगदानको कदर गर्दै संगठनले यसरी सम्मान गर्दा आफुहरु निक्कै भावुक भएको तथा आफुहरु भौतिक रूपमा विद्याकय तथा शिक्षकहरुसंग आवद्ध नरहेपनि आफुहरुले विद्यालयमा गुमाएको पलहरु सस्मरणमा रहने अवकाशप्राप्त शिक्षकहरु बताए।
विभिन्न रंगारंग सास्कृतिक कार्यक्रमको साथमा आयोजना गरिएको कार्यक्रममा कार्यपाल थापाको साथमा जीटीए प्राथमिक शिक्षा प्रभारी तथा जीटीए सभाका डेपुटी चियरमेन राजेस चौहान सभासद उदय देवान दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी लगायत पहाडभरका विभिन्न माध्यमिक केन्द्रका शिक्षक-शिक्षिकाहरुको बाक्लो उपस्थिती रहेको संगठनका अध्यक्ष छत्रसिह निरौलाले जानकारी गराए भने कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णसगै आफुहरु निम्तोलाई स्वीकार गरेर कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिएकोमा जीटीए कार्यपाल अनित थापाप्रती  निरौलाले आभार व्यक्त गरे।

Share this news
आजको रोजाइ
श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा मतदाता नामावली र रासन कार्ड समस्याबारे भागोप्रमोद्वारा महकुमा शासकलाई ज्ञापनपत्र

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

आजको रोजाइ