खरसाङको द ग्रेस इभाञ्जलिकल चर्चद्वारा मानिसहरु हिँड्ने बाटोमा ब्लिचिङ छर्ने कार्य

Share this news

खरसाङ ,19 जुलाई(निसं): खरसाङको निम्न डुमाराम वार्ड नम्बर पाँचमा अवस्थित द ग्रेस इभान्जिकल चर्च द्वारा चर्चको पास्टर राजेन घहतराजको अगुवाईमा मानिसहरु हिँड्ने बाटोमा ब्लिचिङ हाल्ने कार्य सम्पन्न गरियो। परमेश्वरको महिमाको निम्ति बाटो हिँड्ने जनसाधारणको सुबिधाको निम्ति थाल्नी गरिएको यस ब्लिचिङ हाल्ने कार्य प्रार्थनाको साथ शुरू गरियो। वार्डभित्र पर्ने ठूलो गोलाईबाट ब्लिचिङ हाल्दै ओह्रालो बाटो हुँदै चर्च परिसर र वरिपरि हुँदै अन्त्यमा एनएच 110 छुने अन्तिम क्षेत्रसम्म कार्य गरिएको जानकारी प्राप्त भएको छ। विशेष विगत दिनमा एकजना महिला बाटो चिप्लोको कारण यसै बाटोमा लडेर आफ्नो हाथ अनि खुट्टा भच्चाएका थिए। बर्खा यामको कारण बाटो चिप्लो भएर विद्यार्थीहरू लगायत जनमानसलाई बाटो हिँड्नु कठिन भईरहेको थियो। यस्तो असुविधालाई मध्यनजर राखेर यो कार्य गरिएको छ। यस कार्यमा चर्चको पास्टर अनि झुण्डको सहभागिता रहेको यस कार्यमा बिरबल पाखरीन, प्रबीण दियाली, साङ्गे भुटिया, अरूण तामङ र ईसाक घहतराज उपस्थित थिए। चर्चको पास्टरको अगुवाइमा यसरी जन मानसको निम्ति पनि सामाजिक कार्यमा सहभागिता रहने अवसर प्राप्त भएकोमा सबै सहभागीहरूले ईश्वरलाई धन्यवाद ज्ञापन गर्दै खुशी प्रकट गरे साथै गाँउका कतिपय महानुभावहरुले यस कार्यको निम्ति धन्यवाद ज्ञापन गरे। आउँदो दिनमा चर्चको पक्षबाट सामाजिक सेवामा पनि अग्रसर रहने चर्च का सदस्य वीरबल पाखरीनले जानकारी दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान