भक्तजनको आस्थाको केन्द्र शिव मन्दिर सोचनीय अवस्थामा

Share this news

खरसाङ, 19 जुलाई (निसं)ः खरसाङ नगरपालिकाको वार्ड नम्बर 5 स्थित मध्य डुमाराममा रहेको धेरै मानिसहरूको आस्थाको केन्द्र शिव मन्दिर सोचनीय अवस्थामा रहेको छ। यो मन्दिरको धरातल दबिएकोले यहाँ स्थापित गरिएको शिवलिङ्ग ढल्किएको अवस्थामा रहेको पाइएको छ। मन्दिरको छानुमा लगाइएका काटहरू पनि मक्किएर भाँचिएको अवस्थामा पाइएको छ। धेरै वर्ष अघि स्थापित गरिएको यो शिव मन्दिर श्रद्धालु भक्तजनको देखरेख र सहयोगमा सञ्चालित रहेको छ। स्थानीय भक्तजनले यस मन्दिरमा बिहान-बेलुका पूजा-पाठ, धुप-दीप गर्ने गरेका छन्‌‍ भने साउन महिनाको सोमवार यस मन्दिरमा शिव भगवानको पूजा गर्ने अनि शिवलिङ्गमा जल चड़ाउनेहरूको निकै भीड़ लाग्ने गरेको पाइएको छ। स्थानीयहरूले बताए अनुसार, यस स्थानमा एक जना शिवभक्त माताले शिव लिङ्ग स्थापित गरेकी थिइन्‌‍। पछिबाट 2007 दिलु मुखिया अनि तिनका परिवारका सदस्यहरूले आफ्नो स्वर्गीय ठूली आमा मिन्चु मुखियाको स्मृतिमा मन्दिर निर्माण गरेका हुन्‌‍। मन्दिर निर्माणपछि यो स्थानीय मानिसहरूको निम्ति एउटा आस्थाको केन्द्र बनेको छ। यहाँ प्रत्येक वर्ष शिवरात्रीमा पूजा, रुद्री पाठ, हवनादिको कार्यक्रम स्थानीय संघ-संस्थाहरूले आयोजना गर्ने गरेका छन्‌‍। शिव मन्दिरको छेवैमा एउटा देवी मन्दिर पनि रहेको छ भने यसको छेवैमा एउटा बरको रुख पनि रहेको छ। शिव मन्दिरमा पूजा गर्न आएका भक्तजनले देवी मन्दिरमा पनि दर्शन गर्ने गरेका छन्‌‍ अनि छेवैको बरको फेदमा धुप-बत्ती बालेर पूजा गर्ने गरेका छन्‌‍। यस मन्दिरको देखरेख नियमित गर्ने एक व्यक्तिले मन्दिरको अवस्ता सोचनीय बनेकोमा दुःख प्रकट गर्दै मन्दिरको जीर्णोद्धारको निम्ति जीटीए प्रमुख कार्यपाललाई सहयोग मागिएको बताए। तिनले मन्दिरको जीर्णोद्धारको निम्ति मुख्य कार्यपालबाट सहयोग प्राप्त हुने विषयमा आफूहरू आशावादी रहेको पनि तिनले बताए। तिनले मन्दिरको जीर्णोद्धारको निम्ति सहयोग प्राप्त भएको खण्डमा वर्तमानमा मान्दिर माथिबाट रहेको बाटोलाई मन्दिर मुनिबाट बनाउने योजना रहेको पनि बताए। स्थानीय एक व्यक्तिले भने, गाउँमा मन्दिर रहँदा गाउँको रौनकता नै अलग हुन्छ। यहाँको शिव मन्दिर स्थानीय मानिसहरूको आस्थाको केन्द्र बनेको छ। यस मान्दिरमा स्थानीय मानिसहरूका साथै माथिल्लो डुमाराम, कटलेरी पाखाबाट पनि भक्तजन शिव भगवानको पूजा र दर्शनको निम्ति आउने गरेका छन्‌‍। यो मन्दिर वर्तमानमा दबिएर ढल्किएको अवस्थामा छ। यसको जीर्णोद्धारको निम्ति गाउँका मानिसहरूले प्रयास गरिरहेका छन्‌‍।


Share this news
आजको रोजाइ
खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

गोरामुमो ब्राञ्च कमिटीद्वारा छैटौं अनुसूची सम्झौता दिवस पालन

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

शहीद दिपक पोखरेलको सैन्य सम्मानसङ्ग अन्तिम संस्कार

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

प्री क्रिसमससंगै दि रोबर्टियन पोस्ट-को लोकार्पण

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

युवक समाजद्वारा तीन दिवसीय विश्व शान्ति पुजा 

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

नव-प्रवेशित नारी शक्ति कार्यकारीहरूलाई भव्यरुपमा स्वागत

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

कृषकहरू डल्ले खोर्सानीको खेतीमा  लाभान्वित 

आजको रोजाइ