भाजपाले बगालमा पाँचवटा सीट जित्न सक्दैन:  रमेश कडेरिया

Share this news

बिजनबारी,19 जुलाई(निसं): आगामी 2026 सालमा पश्चिम बंगाल राज्यमा हुने विधान सभा चुनावमा भारतीय जनता पार्टीले पाँचवटा पनि सिट जित्न नसक्ने हिल तृणमुल युवा एकाई महासचिव रमेश कडेरियाले बताए। यसका साथमा भाजपाको सरकार केन्द्रमा पनि लंगडो भएको तथा आगामी पाँच बर्षसम्म पनि चल्न नसक्ने उनको ठोकुवा छ। उनले अझ भने, भाजपाले देशमा जुन प्रकारको झुठो राजनैतिक गर्दछ त्यो कदापि ठिक होइन त्यो कुरा देशव्यापी रूपमा थाहा छ त्यसैले यो पाँच बर्ष पनि सरकार चल्न सक्दैन। यस्तै भाजपाले देशमा पुस्तौंदेखि बसेकाहरुलाई शकाको रूपमा हेर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो कडेरियाले बताए। आगामी 21 जुलाईमा तृणमुल काग्रेसद्वारा कोलकातामा आयोजना हुने सहिद दिवस कार्यक्रममा भाग लिन जानअघि पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन भने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपाको जनबिरोधी कार्यहरु विरुद्धमा खडा हुदै जनसेवाको रूपमा अधि आएकोमा आफुहरु कृतज्ञ रहने कडेरियाले बताए। अर्कोतिर आगामी 21 जुलाईमा कोलकातामा हुने सहिद दिवसमा पहाडबाट व्यापक रूपमा तृणमुल कार्यकर्ताहरु कोलकता जाने हिल तृणमुल युवा महासचिव रमेश कडेरियाले जनाए भने दार्जीलिङ  तथा कालेबुङ जिल्लाबाट व्यापक रूपमा नेतृत्व तथा कार्यकताहरु भोलिदेखि नै कोलकातातर्फ प्रस्थान गर्ने उनले बताए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ