युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

Share this news

खरसाङ, 15 जुलाई (निसं): खरसाङ फुटबल एसोसिएशन अनि युवा अनि खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा आयोजित खरसाङ सुपर लीग 2025 को प्रिमियर डिभिजन अन्तर्गत निर्णायक खेल सम्पन्न भएको छ। खरसाङ्को गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको यस टुर्नामेन्टको शुक्रवारको निर्णायक खेल प्रिमियर डिविजन अन्तर्गत युकेएफसी अनि केएफसीमाझ खेलियो। विगतका दिनहरूमा सम्पन्न भएको खेलहरू खेलिसकेपछि यी दुवै दल 9-9 अङ्कको बराबरीम रहेका थिए। यी दुई दल मध्ये विजेता दल चयनको निम्ति शुक्रवारको निर्णायक खेल खेलाइएको हो। यस खेलमा दुवै दलका खेलाड़ीहरूले आफ्नो असल खेलको प्रदर्शन गर्दै खेलेका थिए। यस खेलमा युकेएफसीले केएफसीलाई 2 गोलको विरुद्ध 5 गोल गरेर हराएको छ। यस प्रकार युकेएफसीले जम्मा 12 अङ्क प्राप्त गरी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजनको विजेता दल बनेको छ। 20 जुलाई आइतवारको दिन खरसाङ सुपर लीग 2025 को च्याम्पियन डिभिजन अन्तर्गत फाइनल खेल सम्पन्न हुनेछ। फाइनलमा मकैबारी युनाइटेड एफसी अनि खरसाङ स्पोर्टिङ क्लब मन्टिभयटमाझ हुने छ। शुक्रवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएशनका रेफेरीहरू प्रतीक गुरुङ, दावा डोमा भोटिया, प्रमोद प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि रेबिका प्रधान रहेका थिए। खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राईले जानकारी दिए अनुसार दावा डोमा भोटिया प्रथम महिला फुटबल रेफरी दार्जीलिङबाट हुन्‌‍। तिनले रेफरीको भूमिका निभाउदै दार्जीलिङ पहाड़ लगायत विभिन्न स्थानहरूमा फुटबल खेलको सञ्चालन गरिरहेकी छन्‌‍। बिहीवार मात्र कलकत्ता फुटबल लीगको सञ्चालन गरेर तिनी फर्किएकी हुन्‌‍। खरसाङ फुटबल एसोसिएशनद्वारा 2023 मा आयोजित रेफेरीस रेसेडेन्सियल ट्रेनिङ प्रोग्राममा भोटिया एक प्रशिक्षार्थीको रुपमा रहेकी थिइन्‌‍। पछि तिनले कलकत्ताबाट रेफरीको परीक्षा उत्तीर्ण गरेर लाइसेन्स प्राप्त गरेपछि फुटबल खेल सञ्चालम गर्दै आइरहेकी छिन्‌‍। दावा डोमा भोटिया हिल रेफरीस एसोसिएशनसित सङ्लग्न छिन्‌‍। हिल रेफेरीस एसोसिएशनले हालमा खरसाङ सुपर लीग 2025 अनि दार्जीलिङ लीग सञ्चालन गरिरहेको छ। शुक्रवारको खेलमा विशिष्ट अतिथिको रुपमा भारतीय महिला फुटबल दलका प्रमुख प्रशिक्षक क्रिस्पिन छेत्री अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्तिका खरसाङ महकुमा समिति अध्यक्ष प्रेमेन्द्र गुरुङ उपस्थित थिए।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

आजको रोजाइ