गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

Share this news

खरसाङ, 15 जुलाई (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको सांङ्गठनिक सभा गोर्खा जनपुस्तकालय खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा सम्पन्न भयो । ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको सभालाई सचिव युद्ध छेत्रीले सञ्चालन गरेका थिए। सभामा पाँचवटा समष्टिका अध्यक्ष-सचिव, प्रतिनिधिवर्ग लगायत पार्टीको विभिन्न भातृ संगठनका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। गोरामुमो पार्टीका मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी दिए अनुसार सभामा गोरामुमो अध्यक्ष मन घिसिङ्को दिशा निर्देशनलाई पालगन गर्दै समष्टिको सांङ्गठनिक बिस्तार अनि गतिविधिलाई लिएर छलफल गरियो। सभामा पार्टी अध्यक्ष मन घिसिङ्को निर्देश अनुसार पार्टीको सांङ्गठनिक गतिविधिलाई अघि बढ़ाउने निर्णय लिइयो। आगामी दिनमा बृहत रुपमा कार्यक्रमहरू गर्ने, घर-दैलो अभियान चलाएर गोर्खाहरूको समस्याको समाधान नजिक रहेको र यस पल्ट 2007 को जस्तो अब दोहोरिन दिनु नहुने विषयमा जनतालाई जागरुक गराउने सभामा निर्णय लिइयो। आगामी दिनहरूमा बृहत रुपमा प्रतिनिधि सभाको आयोजना गर्नेछौँ, यसकारण जनता अब निर्धक्क भएर बस्दा हुन्छ समय नजिकै आएको छ । पार्टी अध्यक्ष मन घिसिङले गोर्खा जातिको निम्ति निरन्तर कार्य गरिरहेका छन्‌‍ भनी निमा लामाले आफ्नो सम्बोधनको क्रममा भने ।2007 मा पहाड़का नेता र बुद्धिजीवीहरूद्वारा जुन गल्ती भयो अहिले आएर त्यही नेता अनि बुद्धिजीवीद्वारा छैटौँ अनुसूची सही थियो भन्ने वयानहरू मिडिया मार्फत आइरहेका छन्‌‍। वर्तमान समय पहाड़मा जमिन विषय लिएर विभिन्न किसिमको राजनीति चलिरहेको छ। वर्तमान परिस्थितिलाई निहाल्दा छैटौँ अनुसूचीनै हुनु पर्ने नितान्त आवश्यक रहेको छ भनी निमा लामाले सभामा थप बताए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ