कालेबुङ जिल्ला पेदोङ खण्ड अन्तर्गत लोवर नेवाङ मेरोङ गाउँमा दुई महिना अघि एउटा घर आगलागीले क्षतिग्रस्त बनेको थियो।उक्त घटनामा संवेदना प्रकट गर्दै भारतीय गोर्खा जनशक्ति फ्रन्टले क्षतिग्रस्त परिवारलाई सहयोग गर्ने वचन साझा गरेको थियो।
यसै सन्दर्भमा बिहिबार अर्थात दुई महिनापछि भारतीय गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्डसको निर्देशनमा केन्द्रीय समिति सदस्य अशीमचन्द्र देवान अनि टोली पार्टीले गरेको प्रतिज्ञा पूरा पीडित परिवारकहाँ पुगेका थिए।
