साहित्य संगीत कला संस्थान लेबोङ्द्वारा भानु जयन्ती पालन 

Share this news

दार्जीलिङ,18 जुलाई(निसं): ढिलो समाचार प्राप्त अनुसार,गत आइतबारको दिन साहित्य संगीत कला संस्थान लेबोङ्द्वारा आदि कवि भानुभक्त आचार्यको जन्म जयन्ती धुमधामसंग पालन गरियो। संस्थानका सभापति सुरेन गुरूङ्को अध्यक्षतामा प्रमुख अतिथि अजीत बस्नेत अनि विशिष्ठ अतिथि विकास छेत्रीको उपस्थितिमा कार्यक्रम सञ्चालन भयो। सचिव आशिष राईद्वारा स्वागत सम्बोधन राखेपछि, प्रयागी शर्माको स्वागत नृत्य प्रस्तुत थियो संस्थानका सदस्यहरू क्रमैले रमेश चन्द्र शर्मा, देवप्रकाश शंकर, प्रेमलता राई, पिंकी गजमेर, देविका छेत्री, नम्रता संस्कारद्वारा रामायण पाठ गरियो भने संस्थानका संरक्षक पुकार गुरूङ्ले भानु जयन्तीको महत्व माथि सारगर्भित सम्भाषण राख्नु भयो। भर्खरै मात्र दिवङ्गत कविद्वय कवि सानु लामा अनि कवि बिमल खतिवड़ाप्रति मौन धारण अर्पण पछि कवि गोष्ठीको आयोजना गरिएको थियो। कविहरू क्रमैले, काव्य सुवेदी, अनिसा राई, सिमरण गुरूङ, सीएल शर्मा, रेमित लेप्चा,प्रगति बिश्वाकर्मा, दिवस छेत्री, संजीव थापा, दिपक चाम्लिङ, नम्रता संस्कार, आशिष राईले स्वरचित कविताहरू वाचन गरि कार्यक्रमलाई  रोचक बनाएका थिए। संस्थानको पक्षबाट सहभागी कविहरूलाई प्रमुख अतिथि  बिशिष्ठ अतिथि साथै संरक्षकको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो ।प्रमुख अतिथि साथै विशिष्ठ अतिथिबाट मन्तव्यहरू राखिएपछि सभापतिद्वारा धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरियो भनी साहित्य संगीत कला संस्थानले बताएको छ।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न