साङ् डाँडामा चिया खेती समृद्धि र पर्यटनको सम्भावना

Share this news

भारत–नेपाल सीमावर्ती क्षेत्र साङ् डाँडा स्थित तेन्जिङ हिलरी पार्क परिसरमा चिया बगान बनाउने अभियान हाल तीब्र गतिमा अघि बढिरहेको छ। राज्य सरकारले अघि सारेको “सुनौलो अनि समृद्ध सिक्किम” को परिकल्पनालाई सार्थक बनाउने उद्देश्यसहित समष्टि विधायक सुदेश कुमार सुब्बाको निर्देशनमा सो कार्य प्रारम्भ गरिएको हो।
भौगोलिक हिसाबले चिया खेतीका लागि उपयुक्त मानिने यस क्षेत्रको जमीनलाई बाँझो नराखी व्यवस्थित रूपमा चिया रोप्ने योजनामा स्थानीय बासिन्दाहरू उत्साहपूर्वक जुटेका छन्। हाल १० एकर पर्यटन विभागको स्वामीत्वमा रहेको जमिनमा चिया बिरुवा रोप्ने कार्यका लागि तयारी सुरु भइसकेको छ। स्थानीय जनप्रतिनिधि गणेश राईका अनुसार आगामी अगस्ट महिनासम्म यहाँ चियाका बिरुवा रोप्ने कार्यलाई तीव्रता दिइनेछ।
यस अभियानमा ग्रामीण संस्था, मनरेगाको सक्रिय सहभागिता साथै स्थानीयको श्रमदानमार्फत JCB मेसिनद्वारा जमिन सम्याउने कार्य भइरहेको छ। यसले न केवल कृषि क्षेत्रमा आत्मनिर्भरता ल्याउनेछ, तर भविष्यमा यो क्षेत्र चिया पर्यटन गन्तव्यको रूपमा पनि उदाउने अपेक्षा गरिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ