सन् 2013 देखि लङभ्यू चिया बगानको मालिकले नियमित रुपमा पीएफ राशि जम्मा नगरेको विषय लिएर बिहीबार हिल प्लान्टेसन इम्प्लोइज युनियनले सिलगढी रिजनल पीएफ कार्यालयमा धरना प्रदर्शन गरेको थियो। भुक्तभोगी लङभ्यू चिया बगानका श्रमिकहरूले दिउँसो दार्जीलिङ मोडबाट सिलगढी जङ्कसनसम्म जुलूस निकालेका थिए। जङ्कसन परिसरमा अवस्थित रिजनल पीएफ कार्यालय पुगेको उक्त जुलूस धरनामा परिणत भएको थियो। धरनामा सयौं चिया श्रमिकहरू उपस्थित थिए। धरना अवधि युनियनका केन्द्रीय समिति सचिव छेवाङ योञ्जन, सदस्य तनुजा लामा, लङभ्यू युनिटका सचिव विन्ध्या थापा, सहसचिव सजिना योञ्जन र सदस्य कविता पाखरिनले रिजनल पीएफ कमिश्नर एसएन घोषसँग भेट गरी 2013 देखि मालिकले पीएफ जमा नगरेको विषयबारे अवगत गराए।
लङभ्यू चिया श्रमिकहरूद्वारा पीएफ अफिसमा धरना प्रदर्शन
- Post author:admin
- Post published:July 18, 2025
- Post category:राजनीति
- Post comments:0 Comments
Tags: Kurseong