डा. राजेन्द्र भण्डारीलाई कलकत्तामा मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने

Share this news

खरसाङ, 17 जुलाई (निसं): लैनसिंह बाङ्देल साहित्य-कला प्रतिष्ठान कलकत्ताले सधैँ झैं यसवर्ष पनि 33 औँ भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने निधो गरिएको छ। भर्चुअल-पराभाषिक सभामा निर्णय गरिए अनुसार, भारतीय नेपाली साहित्यका प्रतिनिधि कवि, वरिष्ठ साहित्यकार डा. राजेन्द्र भण्डारीले नेपाली भाषा र साहित्यको विकासमा पुऱ्याएको योगदानको कदर गर्दै, उनलाई यसवर्षको मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने भएको छ। त्यसै गरी, प्रतिवर्ष प्रदान गरिने वीर खड्ग बहादुर सह विष्ट समाज सेवा सम्मानले यसवर्ष रंगु सौरियालाई उनको निःस्वार्थ समाज सेवाको निम्ति सम्मानित गरिने छ। बंगला साहित्यका वरिष्ठ आख्यानकार विमल लामालाई उनको नुनको चिया उपन्यासको निम्ति प्रभात साहित्य सम्मानले सम्मानित गरिने छ। यसबाहेक विद्यार्थीहरुमा आफ्नो दायित्व वोध गराउन, एआई (आर्टिफिसियल इन्टिलिजेन) को युगमा मातृभाषा चुनौती र अवसर अनि सरकारी कामकाजमा मातृभाषाको प्रयोग, शीर्षकको निबन्ध प्रतियोगिता आयोजना गरिएको छ। यसमा उच्च विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने छन्‌‍। स्मरण रहोस्‌‍, लैनसह बाङ्देल साहित्य-कला प्रतिष्ठान कलकत्ताले स्थापना कालदेखि नै भाषा, साहित्य अनि कलाको क्षेत्रमा कामहरू गर्दै आइरहेको छ। प्रतिष्ठानले स्रष्टाहरुलाई सम्मान संगसंगै पुरस्कृत पनि गर्ने गर्छ, जसमा अहिलेसम्म वरिष्ठ साहित्यकार राजनारायण प्रधान दार्जीलिङ, चित्रकार हेमु राई दार्जीलिङ, कथाकार शमसेर अली कालेबुङ, साहित्यकार झमक घिमिरे धनकुटा नेपाल, मूर्तिकार अमीर सुन्दास बाख्राकोट, जलपाईगढ़ी डुवर्स आदिलाई पुरस्कृत गरिसकिएको छ। मूलसचिव विकास कार्कीद्वारा साञ्चालित अनि प्रतिष्ठानकी सभापति देविका मोक्तानको सभापतित्वमा बसेको भर्चुअल सभामा प्रा. डा. किरण सुब्बा, प्रा. अशेष लिम्बु, सन्तोषचन्द्र दर्नाल, खड्ग गुरुङ, संगीता शेर्पा, निमा निष्कर्ष, संजीव गुरुङ, निकेश लिम्बु, बबिता राई, बेदान्त तामाङ, अरुण राई, अजय थापा आदिको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ