खरसाङ सुपर लीग 2025

Share this news

खरसाङ, 17 जुलाई ( निसं): खरसाङ्ग फुटबल एसोसिएशन अनि युवा एवम् खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको बाह्रौँ दिनको खेल सम्पन्न भएको छ। बिहीवार सम्पन्न भएको बाह्रौँ दिनको दुई वटा खेल सम्पन्न भएको छ। जसमा पहिलो खेल खरसाङ लिजण्ड अनि आईटीआई टुङ माझ सम्पन्न भयो।यस खेलमा खरसाङ लिजण्डका खेलाडीहरूले 4 गोल गरे भने आईटीआई टुङ एफएका खेलाड़ीहरूले 2 गोल मात्र गर्न सके, यस प्रकार यो खेल खरसाङ लिजण्डले 2 गोलको4 गोलले जित्यो। खरसाङ्ग लिजण्डको पक्षमा जर्सी नम्बर 10 चिराग थापाले ह्याट्रीक गोल गरे। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत खरसाङ स्पोर्टिङ क्लब मन्टभियट आनि तीनधारे बोईज क्लबमाझ सम्पन्न भयो। यस लेखमा खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ीहरूले 6 गोल गरे भने तीनधारे बोईज क्लबका खेलाड़ीहरूले 1 मात्र गोल गर्न सके, यस प्रकार यो खेल खरसाङ स्पोर्टिङ क्लबले 1 गोलको विरुद्ध 6 गोलले जितेको छ। खरसाङ स्पोर्टिङ क्लबका तुसान्तले ह्याट्रीक गोल गरे। बाह्रौँ दिनसम्मको खेलमा खरसाङ स्पोर्टिङ क्लबले तीनवटा खेलमा बिजयी रहेर 9 अङ्क प्राप्त गरि पुल बीबाट फाइनलमा प्रवेश गरेको छ भने पुल एबाट मकैबारी युनाइटेड फुटबल क्लब 9 अङ्क प्राप्त गरि अगावै फाइनलमा प्रवेश गरिसकेको छ। 18 जुलाई शुक्रवारको दिन प्रिमियर डिभिजन अन्तर्गत युनाइटेड खरसाङ फुटबल क्लब अनि कञ्चनजङ्घा फुटबल क्लब माझ खेलिने छ। दुवै दलको अङ्क बराबरी रहेको कारण भोलिको खेल निर्णायक रहने छ भनी खरसाङ फुटबल एसोसिएशनका सचिव सुदिप राईले जनाएका छन्। प्रीमियर डिभिजनमा अङ्कको आधारमा च्याम्पियन तय गरिने छ। बिहीवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएशनका रेफेरीहरू प्रतीक गुरुङ, नितेश देवान, अरबिन्द छेत्री अनि रेबिका प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि दावा डोमा भुटिया रहेका थिए।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ