खरसाङ सुपर लीग 2025

Share this news

खरसाङ, 17 जुलाई ( निसं): खरसाङ्ग फुटबल एसोसिएशन अनि युवा एवम् खेल मामिला विभाग जीटीएको संयुक्त तत्वाधानमा गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको बाह्रौँ दिनको खेल सम्पन्न भएको छ। बिहीवार सम्पन्न भएको बाह्रौँ दिनको दुई वटा खेल सम्पन्न भएको छ। जसमा पहिलो खेल खरसाङ लिजण्ड अनि आईटीआई टुङ माझ सम्पन्न भयो।यस खेलमा खरसाङ लिजण्डका खेलाडीहरूले 4 गोल गरे भने आईटीआई टुङ एफएका खेलाड़ीहरूले 2 गोल मात्र गर्न सके, यस प्रकार यो खेल खरसाङ लिजण्डले 2 गोलको4 गोलले जित्यो। खरसाङ्ग लिजण्डको पक्षमा जर्सी नम्बर 10 चिराग थापाले ह्याट्रीक गोल गरे। दोस्रो खेल च्याम्पियन डिभिजन अन्तर्गत खरसाङ स्पोर्टिङ क्लब मन्टभियट आनि तीनधारे बोईज क्लबमाझ सम्पन्न भयो। यस लेखमा खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ीहरूले 6 गोल गरे भने तीनधारे बोईज क्लबका खेलाड़ीहरूले 1 मात्र गोल गर्न सके, यस प्रकार यो खेल खरसाङ स्पोर्टिङ क्लबले 1 गोलको विरुद्ध 6 गोलले जितेको छ। खरसाङ स्पोर्टिङ क्लबका तुसान्तले ह्याट्रीक गोल गरे। बाह्रौँ दिनसम्मको खेलमा खरसाङ स्पोर्टिङ क्लबले तीनवटा खेलमा बिजयी रहेर 9 अङ्क प्राप्त गरि पुल बीबाट फाइनलमा प्रवेश गरेको छ भने पुल एबाट मकैबारी युनाइटेड फुटबल क्लब 9 अङ्क प्राप्त गरि अगावै फाइनलमा प्रवेश गरिसकेको छ। 18 जुलाई शुक्रवारको दिन प्रिमियर डिभिजन अन्तर्गत युनाइटेड खरसाङ फुटबल क्लब अनि कञ्चनजङ्घा फुटबल क्लब माझ खेलिने छ। दुवै दलको अङ्क बराबरी रहेको कारण भोलिको खेल निर्णायक रहने छ भनी खरसाङ फुटबल एसोसिएशनका सचिव सुदिप राईले जनाएका छन्। प्रीमियर डिभिजनमा अङ्कको आधारमा च्याम्पियन तय गरिने छ। बिहीवारको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएशनका रेफेरीहरू प्रतीक गुरुङ, नितेश देवान, अरबिन्द छेत्री अनि रेबिका प्रधानले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा अनि दावा डोमा भुटिया रहेका थिए।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ