भोटर कार्ड- मा हुने भनिएको स्पेशल ईनटेन्सिभ रिभिजन (एसआईआर) -को विरोधमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) सडक ओर्लिने सीपीआरओ शक्ति प्रशाद शर्माले चेताउनी दिएका छन्। निर्वाचन आयोगको दुरुपयोग गर्दै ११ वटा कागजपत्रको खोजीतलाशी गरेर भाजपाले बङ्गला र नेपाली भाषीहरुलाई विदेशी बनाउने षडयन्त्र गरिरहेको उनको आरोप छ।
राष्ट्रिय चुनाउ आयोगको दुरुपयोग र चुनाउ केन्द्रित भाजपाको उद्देश्यप्रति पहाडवासी जागरुक हुनपर्ने आह्वान गर्दै २८ जुलाई सुप्रिम कोर्ट-को सुनवाइ एवं फैसलापछि कार्यसूची अनुसार भागोप्रमो सडक आन्दोलनमा ओर्लिने उनले किटान गरेका छन्।
