पैह्रोनी पाखाबाट झरेको चट्टानले थिचेर लोवर गोक क्षेत्रमा ६ वर्षीय सामन्त सुब्बा अनि २७ वर्षीय प्रणीत योगीले प्राण गुमाउन परेको घटना प्रकाशमा आएपछि पुल बिजनवारीअन्तर्गत पर्ने गोक क्षेत्र अहिले शोकको लहरमा डुबेको छ। गत सोमवार यता परेको परेको अविरल झरी थामिएपछि पिउने पानीको पाइप लाइन बनाउने क्रममा हिजो बेलुकीपख पैह्रेनी सिमसार पाखाबाट झरेको चट्टानले थिचेर घटनास्थलमै दुवैको दु:खद मृत्यु भएको हो।
उक्त घटनापछि आज बिहीवार दुवै मृतकको जिल्ला अस्पतालमा पोस्टमार्टम गरियो। यसलाई केन्द्र गरेर पोस्टमर्टम गृह आइपुगेका क्षेत्रीय सभासद भुपेन्द्र क्षेत्रीले गहिरो शोक प्रकट गर्नुसँगै उक्त क्षेत्रमा हुनसक्ने यस्तो दुर्घटनाप्रति क्षेत्रवासीहरु सतर्क रहनुपर्ने उनले अपील गरेका छन्।
