बिजनबारी,17 जुलाई(निसं): पुल-बिजनबारी सर्कल अधिनस्त रङदु सेन्टरकी आगनबाडी कर्मी जिमी लेप्चाको निधनप्रती गहिरो शोक प्रकट गर्दै हिल तराई आगनबाँडी कर्मी सहकर्मी सगठनले श्रद्धाञ्जली अर्पण गरेको छ। केन्द्रिय सभानेत्री पुष्प लामाको नेतृत्व गएको टोलीले लेप्चाकै निवास पुगी उनको निधनप्रती गहिरो शोक प्रकट गरिएको छ। यसैबीच शेर्पाको निधनले सगठनलाई ठुलो क्षति भएको तथा सस्थाले एक अनुशासित सहयोग गुमाएको सगठनको पक्षमा पुस्प लामाले बताइन् भने यो दु:खद घडीमा आफुहरु परिवारको साथमा रहेको उनले बताइन्। कार्यक्रममा दार्जीलिङ-पुलबजार खण्ड सभानेत्री पुर्णिमा देवान, सांगठनिक सचिवा शान्ता छेत्री लगायत पुल-बिजनबारी समष्टिका प्रतिनिधिगण संगै विभिन्न आगनबाँडी केन्द्रका प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो।
