वन महोत्सव सम्बन्धमा बोल्दै दार्जीलिङ जिल्लापाल प्रिति गोयलले भने, वृक्षको महत्त्व किन छ? हामीले किन वृक्ष रोपन गर्न पर्ने अनि रोपिएका बृक्षहरूलाई कसरी बचाउनु पर्ने साथै पर्यावरणलाई कसरी सफा राख्नु पर्ने आदि जस्ता बिषयमा सन्देश मुलक विचार राखे। माउन्ट हर्मोन स्कूलको हलमा सम्पन्न भएको कार्यक्रममा जीटीए अध्यक्ष अनित थापाले आफ्नो विचार राख्दै भने, मेरो मनमा लागेको बन विभागका अधिकारीहरू प्रति अनुरोध छ, आउँदो कार्यक्रमदेखि कार्यक्रमको साइनबोर्डमा नेपाली भाषामा लेखिदिने निवेदन गर्दछु। नेपाली भाषा पनि मान्यता प्राप्त भाषा हो। यसैले हामी जीटीए क्षेत्रमा धेरै नेपाली भाषी बसोबासो गर्छौं। नेपालीभाषी गोर्खाहरूको ठाउँ पनि हो। विगतमा बन विभागसँग काम गर्नु धेरै गाह्रो थियोे। हामीसँग धेरै नै मतभेद भइरहन्थो । तर अहिले जीटीए र वन विभागसँग सकारात्मक सम्बन्ध रहेको र एकै परिवार जस्तो भएको छ भनि जनाए। आजको उक्त कार्यक्रममा दार्जीलिङ एसपी प्रविण प्रकाश, सीसीएफ समिर गजमेर आदिले सम्बोधन गरे।
