श्रावण महीनाको पहिलो दिनदेखि मिरिक होम डाँडामा रहेको शिव मन्दिरमा पूजा अर्चना थालिएको छ। उक्त धार्मिक अनुष्ठान महीना दिनसम्म चल्ने मन्दिरका पुजारी चितरन्जन तिवारीले बताए। तिनले श्रावण महीनामा विशेष गरि भगवान शिवको पूजा गरिने जानकारी गराउँदै मन्दिरमा श्रावण महीनाभरि नै भक्तहरूको भीड लाग्ने बताए। तिनले श्रावण महीनामा भगवान शिवलाई जल अर्पण गर्दा विशेष फल पाउने अनि मनोकामना पूर्ण हुने धार्मिक विश्वास रहेको पनि बताए।
