Independence Day rally with football and marathon
Independence Day rally with football and marathon

स्वतन्त्रता दिवस फुटबल र म्याराथन लिएर सभा

Share this news

आगामी स्वतन्त्रता दिवस खुल्ला नगद राशि फुटबल प्रतियोगिता अनि स्वतन्त्रता दिवस म्याराथनलाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ‌। सभालाई सञ्चालन गर्दै मूल सचिव निर्मल गुरुङले गत केही दिन अघि सफलतापूर्वक टेबल टेनिस प्रतियोगिता सम्पन्न भएकोमा सम्पूर्ण सदस्यहरुलाई संस्थाको‌ तर्फबाट धन्यवाद दिन्दै यसपाली कसरी र कस्तो प्रकारले स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता अनि स्वतन्त्रता दिवस म्याराथन आयोजना गरिनु पर्ने विषयमा सभामा बताए। सभामा यी दुईवटा विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा सर्वसहमतिले यसपालीदेखि स्वतन्त्रता दिवस नगदराशि फुटबल प्रतियोगिताको विजेतालाई प्रदान गरिने नगदराशिमा‌ गत वर्षको तुलनामा बढोत्तरी गरिएको छ। त्यसरी नै यस वर्षदेखि म्याराथनमा प्रत्येक सहभागीले म्याराथनको समाप्त गर्ने प्रतियोगीहरुलाई प्रमाण पत्रको साथमा फिनिसर मेडल पनि प्रदान गरिने प्रस्ताव पारित गरिएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङले यस सभा र स्वतन्त्रता दिवस नगदराशि फुटबल प्रतियोगिता अनि स्वतन्त्रता दिवस म्याराथन विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ