Sunil Rai Pranami
Sunil Rai Pranami

यस वर्षको ‘मंगल सारथी सेवा सम्मान’ सुनिल राई ‘प्रणामी’लाई प्रदान गरिने

Share this news

यसवर्ष मंगल सारथी सेवा सम्मान – सुनिल राई ‘ प्रणामी’ लाई प्रदान गरिने – मंगल सेवा फाउन्डेसन, मङपुद्वारा प्रत्येक दुई वर्षको अन्तर्रालमा प्रदान गरिने ‘मंगल सारथी सेवा सम्मान’ यस वर्ष सुनिल राई ‘ प्रणामी ‘ लाई प्रदान गर्ने घोषणा गरेको छ ।

विगत दिनमा फाउन्डेसनको अधक्ष्य गणेश मिश्रको अध्यक्षतामा बसेको सभाले उक्त निर्णय लिएको हो। बड़ा पुबोङ बस्ती, तकदाह निवासी सुनिल राई, सेन्ट रोबर्टस् उच्चतर माधयमिक विद्यालय, दार्जीलिङका भाषा विभागका एक समर्पित शिक्षक हुन्। विभिल सामाजिक, धार्मिक एवं साहित्यिक संस्थाहरूमा उनका संलग्नता रहेको छ भने विभिन्न पत्र – पत्रिकाहरूको सम्पादनमा उनको योगदान रहेको छ । सुनिल राई एक कुशल कवि, गीतकार, इतिहासकार, नाटककार हुन्, उनको दर्जनौं साहित्यिक कृतिहरू प्रकाशित छन्। यसको अतिरिक्त, धार्मिक, साहित्यिक लेखनमा पनि उनको उत्तिकै कलम चलेको छ। परम आदरणीय गुरुजी श्री १०८ मंगलदासजी एवं श्री १०८ मोहन प्रियाचर्यजी माथि अलसन्धनात्मक जीवन – यात्रा सम्बन्धी कृति प्रकाशित भइसकेको छ भने फर्केर हेर मङपुमा प्रणामी धर्म – हरिलाल क्षेत्रीसँग सह – लेखन अनि अहिले वर्तमानमा केहि तथ्य कहीँ सन्दर्भ : श्री कृष्ण प्रणामी धर्म – अहिले प्रकाशन हुन लागिरहेको छ । धार्मिक साहित्यमा उनको निरन्तर सेवालाई सम्मान गर्दै उनलाई यसवर्ष पाँचै ” मंगल सारथी सेवा सम्मान ” – प्रदान गरिएको हो भन्ने जानकारी फाउन्डेसनका मूल सचिव सुरेश सुब्बाबाट प्राप्त भएको छ।

सुनिल राई ‘ प्रणामी ‘ – लाई यो सम्मान १६ अगस्त २०२५ की दिन श्रीकृष्ण प्रणामी गीतामन्दिर, रेसेप , मङपुमा सम्पन्न हुने श्रीकृष्ण प्राकट्य महोत्सव – को उपलक्ष्यमा प्रदान गरिन्छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ