स्वनिर्भर बनाउने बिजनबारीको गोर्खे हाटको गौरव 

Share this news

बिजनबारी,16 जुलाई(निसं): गोर्खाहरु केवल क्रेता मात्रै होइन बिक्रेता पनि बन्नुपर्छ भन्ने सन्देश दिदै गोर्खे हाट कमिटी बिजनबारीद्वारा गत केहि महिनायता शुरु गरिएको आइतबारे गोर्खे हाटले बिस्तारै मानिसहरुलाई स्वनिर्भर बनाउन थालेको छ भने हाटको माध्यमबाट लोपोन्मुख गोर्खा संस्कृतिलाई उजागर गर्नेमा कम्बर कसेका छ। लगभग तीन महिना अघि बिजनबारी बजारदेखि केहि माथि लाबरे पुल नजिकै शुरु गरिएको यस हाटले हाल निक्कै लोकप्रियता पाएको छ।यो हाटको माध्यमबाट केही हदसम्म स्थानीयवासीहरुलाई स्वनिर्भर  बन्नसक्ने आश जागेको स्थानीय व्यापारीहरु सगै आयोजक समितिले जनाएको छ।  हाम्रो निम्ति गोर्खे हाट केवल व्यापार गर्ने माध्यम मात्रै नभएर लोपोन्मुख संस्कृती भेषभुषासगै जातीय खानपिनलाई देखाउने मंच बनेको छ। आयोजक समितिको एक सदस्य गणु राईले बताए भने शुरूवातदेखि नै क्षेत्रवासीहरुको सहयोगले हाट निकै लोकप्रिय बनेको उनले बताए। अर्कोतिर हाटलाई माध्यम बनाउदै क्षेत्रमा उमारेका विभिन्न सागपात सगै खानपिनलाई बिक्री-वितरण गर्न सक्ने उनले बताए भने हाटमा केवल पहाडमा उमारेका सागसब्वीलाई मात्रै बिक्रीवितरण गरिने अर्का सदस्य आनन्द सुब्बाले बताए । यसैगरी आइतबारे हाटको माध्यमले आफुहरु निक्कै लाभान्वित बनेको तथा यसैलाई माध्यम बनाउदै गोर्खे सस्कारलाई जगेडा गरिनसक्ने एक बिक्रेताले बताएका छन्।
स्मरण रहोस्, गोर्खे हाट कमिटीको आयोजनामा लगभग तीन महिनादेखि साप्ताहिक रूपमा हाट संचालनमा आएको छ भने यहाँ साग-सब्जी जातीय खानपिन, हातहतियार लगायतका विभन्न वस्तुहरु बिक्री वितरण गरिन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ