The pride of Bijanbari's Gorkhe Haat, which makes us self-reliant

स्वनिर्भर बनाउने बिजनबारीको गोर्खे हाटको गौरव 

Share this news

बिजनबारी,16 जुलाई(निसं): गोर्खाहरु केवल क्रेता मात्रै होइन बिक्रेता पनि बन्नुपर्छ भन्ने सन्देश दिदै गोर्खे हाट कमिटी बिजनबारीद्वारा गत केहि महिनायता शुरु गरिएको आइतबारे गोर्खे हाटले बिस्तारै मानिसहरुलाई स्वनिर्भर बनाउन थालेको छ भने हाटको माध्यमबाट लोपोन्मुख गोर्खा संस्कृतिलाई उजागर गर्नेमा कम्बर कसेका छ। लगभग तीन महिना अघि बिजनबारी बजारदेखि केहि माथि लाबरे पुल नजिकै शुरु गरिएको यस हाटले हाल निक्कै लोकप्रियता पाएको छ।यो हाटको माध्यमबाट केही हदसम्म स्थानीयवासीहरुलाई स्वनिर्भर  बन्नसक्ने आश जागेको स्थानीय व्यापारीहरु सगै आयोजक समितिले जनाएको छ।  हाम्रो निम्ति गोर्खे हाट केवल व्यापार गर्ने माध्यम मात्रै नभएर लोपोन्मुख संस्कृती भेषभुषासगै जातीय खानपिनलाई देखाउने मंच बनेको छ। आयोजक समितिको एक सदस्य गणु राईले बताए भने शुरूवातदेखि नै क्षेत्रवासीहरुको सहयोगले हाट निकै लोकप्रिय बनेको उनले बताए। अर्कोतिर हाटलाई माध्यम बनाउदै क्षेत्रमा उमारेका विभिन्न सागपात सगै खानपिनलाई बिक्री-वितरण गर्न सक्ने उनले बताए भने हाटमा केवल पहाडमा उमारेका सागसब्वीलाई मात्रै बिक्रीवितरण गरिने अर्का सदस्य आनन्द सुब्बाले बताए । यसैगरी आइतबारे हाटको माध्यमले आफुहरु निक्कै लाभान्वित बनेको तथा यसैलाई माध्यम बनाउदै गोर्खे सस्कारलाई जगेडा गरिनसक्ने एक बिक्रेताले बताएका छन्।

स्मरण रहोस्, गोर्खे हाट कमिटीको आयोजनामा लगभग तीन महिनादेखि साप्ताहिक रूपमा हाट संचालनमा आएको छ भने यहाँ साग-सब्जी जातीय खानपिन, हातहतियार लगायतका विभन्न वस्तुहरु बिक्री वितरण गरिन्छ।



Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान