बिजनवारि,16 जुलाई(निसं): बिजनबारी भेगको माउ सस्थाको रूपमा मानिने कला सङ्गम बिजनबारीद्वारा 211औं भानु जयन्ती समारोह सम्पन्न गरियो। स्थानीय नगर पुस्तकालय बिजनबारीमा सस्थाको सभापति एम बहादुर सुब्बाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार पूर्णबहादुर सुब्बा उपस्थित थिए भने गायक अनिल फागो पत्रकार बी घिमिरेसंगै कला सगमका सम्पुर्ण सदस्यगण बिजनबारी बजारका व्यापारीवर्ग, शिक्षक, साहित्यिक सर्जक लगायत वरिपरिका विभिन्न साहित्यिक तथा सामाजिक सगठनका प्रतिनिधिहरु सगै सर्वसाधारणको विशेष उपस्थिति थियो। कार्यक्रममा भानुभक्तबारेमा वार्ता सगै रामयण पाठ कविता लगायत गायक अनिल फागोले गीत प्रस्तुत गरेको आयोजकको पक्षमा पुनम दर्नालले जानकारी गराए। यसका साथमा कार्यक्रममा उपस्थिति भएकोमा सम्पुर्णलाई उनले आभार प्रकट गरे।
