खरसाङ्का सर्जक निरङ्कर थापालाई नयाँ दिल्लीबाट राष्ट्रीय पुरस्कार 2025 अन्तर्गत पुरस्कार प्रदान गरिने

Share this news

खरसाङ, 15 जुलाई (निसं): खरसाङका सर्जक कथाकार निरङ्कर थापालाई नयाँ दिल्लीबाट ‌‘राष्ट्रीय पुरस्कार 2025‌’ अन्तर्गत ‌‘नेपाली साहित्य पुरस्कार-गद्य‌’ मा प्रदान गरिने भएको छ। हाम्रो स्वाभिमान ट्रष्ट, नयाँ दिल्लीद्वारा प्रदान गरिने ‌‘राष्ट्रीय पुरस्कार 2025 अन्तर्गत ‌‘नेपाली साहित्य पुरस्कार-गद्य‌’-का निम्ति खरसाङ्का लेखक निरङ्कर थापा चयनित भएको समाचार सार्वजनिक भएपछि खरसाङ्का संघ-संस्था एवम्‌‍ साहित्यिक समूहले हर्ष व्यक्त गरेका छन्‌‍। यस विषयमा गोर्खा जनपुस्तकालय खरसाङ्को मूलसचिव विनोद रसाइलीद्वारा प्रेषित एक विज्ञप्तिमार्फत धरोहर संस्था गोर्खा जनपुस्तकालयले लेखक थापालाई बधाई अनि शुभकामना जनाएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, निरङ्कर थापा प्रचारप्रसारदेखि एकदमै अलग बसेर साहित्य सृजनामा निरन्तर लागिपर्ने एक विशिष्ट सर्जक हुन्‌‍। थापाको सिर्जनधर्मिता र सिर्जनसीपलाई उनका साहित्यिक कृतिहरूले एक अलग उचाइमा पुऱ्याएको कुरो कुनै पनि इमानदार अध्येताले अनुमान लगाउन सक्छन्‌‍। हाम्रो स्वाभिमान ट्रष्ट, नयाँ दिल्ली- द्वारा नेपाली साहित्य गद्य विधाको निम्ति प्रदान गरिने राष्ट्रिय पुरस्कार 2025 -द्वारा सर्जक निरङ्कर थापा सम्मानित हुने खबर आएपछि गोर्खा जन पुस्तकालय, खरसाङले आफ्नो कर्मठ, लगनशील र सक्रिय सदस्यको यस सम्मानलाई खरसाङ्कै एक विशेष सम्मानको रूपमा बोध गर्दै सहर्ष शुभेच्छा एवम्‌‍ अभिनन्दन प्रकट गरेको छ। यसअतिरिक्त खरसाङ्को ज्ञानकुञ्ज बुक्स प्रकाशनको पक्षबाट पनि यस उपलब्धिका निम्ति थापालाई बधाई एवम्‌‍ शुभकामना प्रकट गरिएको छ।ज्ञातव्य, साहित्यकार निरङ्कर थापा तीन दशकभन्दा लामो समयदेखि भारतीय नेपाली साहित्यमा विशेष आख्यान विधामा कलम चलाउँदै आएका छन्‌‍। साहित्यमा उनको दरिलो उपस्थितिका प्रमाणस्वरूप ‌’पछि पर्खिएर हेर्दा‌’, ‌’मोह रङ‌’, ‌’एक छिमल जीवन‌’, ‌’झरेको फूल‌’ आदि चार कथा सङ्ग्रहलगायत भर्खरै उनको पहिलो उपन्यास ‌’मार्साङ‌’ प्रकाशित छन्‌‍। निरङ्कर थापाले निरन्तर रुपमा गद्य विधामा चुपचाप कलम चलाउँदै आईरहेका छन्‌‍। उनले गद्य विधामा पाउने यो पुरस्कारले खरसाङ क्षेत्रलाई गौरवान्वित तुल्याएको छ।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

आजको रोजाइ