खरसाङ्का सर्जक निरङ्कर थापालाई नयाँ दिल्लीबाट राष्ट्रीय पुरस्कार 2025 अन्तर्गत पुरस्कार प्रदान गरिने

Share this news

खरसाङ, 15 जुलाई (निसं): खरसाङका सर्जक कथाकार निरङ्कर थापालाई नयाँ दिल्लीबाट ‌‘राष्ट्रीय पुरस्कार 2025‌’ अन्तर्गत ‌‘नेपाली साहित्य पुरस्कार-गद्य‌’ मा प्रदान गरिने भएको छ। हाम्रो स्वाभिमान ट्रष्ट, नयाँ दिल्लीद्वारा प्रदान गरिने ‌‘राष्ट्रीय पुरस्कार 2025 अन्तर्गत ‌‘नेपाली साहित्य पुरस्कार-गद्य‌’-का निम्ति खरसाङ्का लेखक निरङ्कर थापा चयनित भएको समाचार सार्वजनिक भएपछि खरसाङ्का संघ-संस्था एवम्‌‍ साहित्यिक समूहले हर्ष व्यक्त गरेका छन्‌‍। यस विषयमा गोर्खा जनपुस्तकालय खरसाङ्को मूलसचिव विनोद रसाइलीद्वारा प्रेषित एक विज्ञप्तिमार्फत धरोहर संस्था गोर्खा जनपुस्तकालयले लेखक थापालाई बधाई अनि शुभकामना जनाएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, निरङ्कर थापा प्रचारप्रसारदेखि एकदमै अलग बसेर साहित्य सृजनामा निरन्तर लागिपर्ने एक विशिष्ट सर्जक हुन्‌‍। थापाको सिर्जनधर्मिता र सिर्जनसीपलाई उनका साहित्यिक कृतिहरूले एक अलग उचाइमा पुऱ्याएको कुरो कुनै पनि इमानदार अध्येताले अनुमान लगाउन सक्छन्‌‍। हाम्रो स्वाभिमान ट्रष्ट, नयाँ दिल्ली- द्वारा नेपाली साहित्य गद्य विधाको निम्ति प्रदान गरिने राष्ट्रिय पुरस्कार 2025 -द्वारा सर्जक निरङ्कर थापा सम्मानित हुने खबर आएपछि गोर्खा जन पुस्तकालय, खरसाङले आफ्नो कर्मठ, लगनशील र सक्रिय सदस्यको यस सम्मानलाई खरसाङ्कै एक विशेष सम्मानको रूपमा बोध गर्दै सहर्ष शुभेच्छा एवम्‌‍ अभिनन्दन प्रकट गरेको छ। यसअतिरिक्त खरसाङ्को ज्ञानकुञ्ज बुक्स प्रकाशनको पक्षबाट पनि यस उपलब्धिका निम्ति थापालाई बधाई एवम्‌‍ शुभकामना प्रकट गरिएको छ।ज्ञातव्य, साहित्यकार निरङ्कर थापा तीन दशकभन्दा लामो समयदेखि भारतीय नेपाली साहित्यमा विशेष आख्यान विधामा कलम चलाउँदै आएका छन्‌‍। साहित्यमा उनको दरिलो उपस्थितिका प्रमाणस्वरूप ‌’पछि पर्खिएर हेर्दा‌’, ‌’मोह रङ‌’, ‌’एक छिमल जीवन‌’, ‌’झरेको फूल‌’ आदि चार कथा सङ्ग्रहलगायत भर्खरै उनको पहिलो उपन्यास ‌’मार्साङ‌’ प्रकाशित छन्‌‍। निरङ्कर थापाले निरन्तर रुपमा गद्य विधामा चुपचाप कलम चलाउँदै आईरहेका छन्‌‍। उनले गद्य विधामा पाउने यो पुरस्कारले खरसाङ क्षेत्रलाई गौरवान्वित तुल्याएको छ।


Share this news
आजको रोजाइ
बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

सांसद राजु विष्टद्वारा प्रधानमन्त्री अनि गृहमन्त्रीप्रति कृतज्ञता

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

गोरामुमोद्वारा प्रधानमन्त्री मोदी र गृहमन्त्रीप्रति आभार व्यक्त

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

रामकृष्ण उच्चतर माध्यमिक कन्या विद्यालयकाे‌‌ वार्षिक उत्सव

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

ब्लु डाइमण्ड स्कूलमा देऊसी भैलो प्रतियोगिताको समापन

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

कालिझोडामा द्वारे अनि हाम्रो गाउँ हाम्रो समाधान शिविर

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

आजको रोजाइ