सेमबार बेलुकीयता परेको हात्ती सुँडे पानीझरीले गर्दा लुईस जुब्ली क्षेत्रवासी पैह्रोको चपेटमा परेका छन्। नगरपालिका क्षेत्रअन्तर्गत १७ नम्बर वार्ड लुइस जुब्ली मुन्तिर गएको उक्त पैह्रोले ज्यानमाल नोक्सानीको खतरा देखा परेको छ भने यस घटनाको कारण बिचल्लीमा परेका १० परिवारलाई पुर्नवास गराउन क्षेत्रीय नगरपाल नितेश गुरूङले पद्क्षेप थालेको जानकारी पाइएको छ। घटनाको स्थलगत निरीक्षणमा ओर्लिएका नगरपाल गुरूङले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएका छन्। उनले यसबारे जीटीए प्रमुख अनित थापासित पनि कुराकानी गर्ने थाहा लागेको छ। यता समाचार लेख्दासम्म घटनामा कुनै पनि हताहत भएको जानकारी प्राप्त भएको छैन।
