धेरै वर्षको अन्तरलमा फुलबारीमा भानु जयन्ती पालन

Share this news

दार्जीलिङ,15 जुलाई(निसं): फूलबारी सुधार सम्मेलनद्वारा 211औं भानु जयन्ती कार्यक्रम  धेरै वर्षको अन्तरल पछि भव्यताको साथ पालन गरियो। उक्त कार्यक्रम अध्यक्ष संस्थाका अध्यक्ष समिर कुलुङ्ग राई थिए भने प्रमुख अथिति निर्मल थापा थिए। कार्यक्रममा विशिष्टहरुमा गाँउका बरिष्ठ वयोबृद्धहरुलाई साथै कल्याणकारी समिति लम्बा डाँड़ाबाट सभापति अनि सचिव , नव युवा
कल्याणकारी समिति गुरुङ गाँउ बाट सभापति अनि सचिव , लिम्बु गाँउ सुधार समितिबाट  सभापति अनि सचिव, युवा कल्याणकारी समिति लोवर बस्ती सभापति कृष्ण छेत्री अनि प्रमुख सल्लाहकार निर्मल तामङको पनि उपस्थिति थियो। फूलबारी सब सेन्टर सीएचओ  शिल्पी बराइली अनि ड्राइभर एसोसिएस-बाट  सभापति अनि सचिवको उपस्थिति थियो। कार्यक्रमलाई उद्धघोषणा दिवश राई अनि श्री  मन्दीप सुब्बाले गरिएको कार्यक्रमको पहिलो चरणमा अतिथिगणलाई माल्यार्पण गरियो साथै दिप प्रज्जवलन गरियो। यसरी नै दीपा लेप्चाबाट स्वागत मन्तव्य राखे पछि स्वागत बन्दना नृत्य याङ्क्ची लेप्चा सुब्बाबाट प्रस्तुत गरियो। अन्य नृत्यकाहरु पनि रहेको थियो। कार्यक्रममा कविता वचन पनि गरेका थिए विद्यार्थीहरूले। कार्यक्रममा गाँउका वरिष्ठ वयोबृद्धहरुलाई पनि टोपी अनि शालद्वारा सम्मान जनाइयो साथै विद्यार्थीहरुलाई प्रोत्साहनको निम्ति सम्मेलनको दुई विद्यार्थीहरु जुलिना लेप्चा अनि रिया सुब्बालाई पनि सम्बर्द्धना-पत्रद्वारा सम्मान जनाइयो। सम्मेलन संस्थाका सदस्यगण अनि उपस्थिति दिएर कार्यक्रम सफल बनाई दिएकोमा सम्मेलनले सबैमा हार्दिक धन्यवाद दियो।


Share this news
आजको रोजाइ
महानदीदेखि सिविटार जाने रोडमा पैह्रो, चाँड़ै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको दावी

महानदीदेखि सिविटार जाने रोडमा पैह्रो, चाँड़ै पैह्रोको मरमत्ति कार्य शुरु गरिने पञ्चायत सदस्यको दावी

खरसाङ्का सर्जक निरङ्कर थापालाई नयाँ दिल्लीबाट राष्ट्रीय पुरस्कार 2025 अन्तर्गत पुरस्कार प्रदान गरिने

खरसाङ्का सर्जक निरङ्कर थापालाई नयाँ दिल्लीबाट राष्ट्रीय पुरस्कार 2025 अन्तर्गत पुरस्कार प्रदान गरिने

Oplus_131072

महानदी-सिविटार रोडमा पैह्रोले यातायातमा‌ वाधा

सर्वोदय सङ्घद्वार सफाई कार्यक्रम सम्पन्न

सर्वोदय सङ्घद्वार सफाई कार्यक्रम सम्पन्न

खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी

खरसाङ शुपर लीग 2025 मा मंगलवारको विजेता केएफसी अनि युकेएफसी

केरिङ्ग ह्याण्डद्वारा स्वास्थ्य शिविर 19 जुलाईमा

केरिङ्ग ह्याण्डद्वारा स्वास्थ्य शिविर 19 जुलाईमा

लुइस जुबली पहिरो स्थलमा आइजीएफको टोली

लुइस जुबली पहिरो स्थलमा आइजीएफको टोली

हा.स्वा.ट्र. भानु जयन्ती प्रतियोगिताको परिणाम घोषणा

हा.स्वा.ट्र. भानु जयन्ती प्रतियोगिताको परिणाम घोषणा

किडनी पीडितद्वयलाई सहयोग राशी प्रदान

किडनी पीडितद्वयलाई सहयोग राशी प्रदान

सांसद विष्टप्रति वर्णमाला परिवारको आभार प्रकट

सांसद विष्टप्रति वर्णमाला परिवारको आभार प्रकट

आजको रोजाइ