ईजा प्रकाशनको पुरस्कार घोषणा

Share this news

दार्जीलिङ, 15 जुलाई (निसं): ईजा प्रकाशनले यसपाली 12औं ईजा प्रतिभा सम्मान वरिष्ठ गायक एवं संगीतकार राम विष्ट र नर्तकी  बसन्ती शाहलाई प्रदान गर्ने घोषणा गऱ्यो। यसरी नै तेस्रो ईजा स्मृति युवा साहित्यिक सम्मान पुरस्कार आसामको तेजपुर निवासी सन्तोष रावतलाई प्रदान गर्ने घोषणा गरिएको छ। सन्तोष रावतको निबन्ध संग्रह 2021-मा प्रकाशित भएको थियो, जुन संग्रहलाई तेस्रो ईजा स्मृति युवा साहित्यिक सम्मान पुरस्कारको लागि चयन गरिएको ईजा प्रकाशनका सचिव सुनिल राईले जानकारी गराए। यी पुरस्कारहरू आगामी 10 अगस्तको दिन स्थानीय नेपाली साहित्य सम्मेलनको सूधपा सभागृहमा एक कार्यक्रममाझ प्रदान गरिने भएको छ। यसै कार्यक्रममाझ यसै ईजा प्रकाशनका उपाध्यक्ष नुरन राईद्वारा लेखिएको दुईवटा पुस्तकको पनि विमोचन गरिने भएको छ। सोमबार दार्जीलिङ प्रेस गिल्डमा एक पत्रकार सम्मेलनको आयोजना गरी ईजा प्रकाशनले यसको जानकारी गराएको हो। स्मरण गराइन्छ, रंगली रंगलीयट खण्डअन्तर्गत पुबोङ चियाबारी निवासी राम विष्टले 50 वर्षदेखि अनवरतरूपमा गायन क्षेत्रमा आफ्नो योगदान दिँदै आइरहेका छन् भने लगभग त्यसै समयदेखि नर्तकी बसन्ती शाहले पनि नृत्य क्षेत्रमा काम गर्दै आइरहेकी छन्। जसले हाल नृत्य निर्देशन गरेर कैयौं  नर्तकीहरूलाई पोख्त बनाइसकेकी छन्। उनीहरूको यसै योगदानको कदर गर्दै ईजा प्रकाशनले यसपाली उनीहरूलाई सम्मान जनाउने निधो गरेको हो।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ