बुटवल–लुम्बिनीलाई प्लेअफ पुग्न गाह्रो

Share this news

काठमाडौँ — प्रतियोगिता सुरु हुनुअगाडि कम्तीमा कागजमा कोही बलियो थियो भने बुटवल–लुम्बिनी एफसीमा पनि थियो । टोलीलाई खेलाडी लिलामीमा पनि भाग्यले साथ दिएको थियो । तर नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका आधा खेल सकिँदा प्रतियोगिताबाटै बाहिरिने पहिलो टिम हुनेक्रममा छ बुटवल लुम्बिनी । टोलीको ४ खेल सकिएको छ । खातामा छ जम्मा १ अंक । टिम पुछारमा छ ।

सुरुमै एक खेल बराबरी खेलेपछि बुटवल–लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ । टोलीले आफ्ना अन्तिम दुई खेल जित्ने हो भने पनि अधिकतम ७ अंक हुनेछ । यो प्लेअफ प्रवेशका लागि पर्याप्त जादुयी अंक होइन । यसको ठीक विपरीत काठमाडौं रेजर्सले भने तेस्रो सिजनको आफ्नो पहिलो जितसँगै प्लेअफ सम्भावना जीवन्त राखेको छ । काठमाडौंको ४ खेलबाट ५ अंक भएको छ । टोली तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

काठमाडौंले अझै ढुक्क हुन सक्दैन, तर राहत भने महसुस गर्न सक्छ । मंगलबार बुटवल–लुम्बिनीविरुद्ध एक प्रकारले काठमाडौं भाग्यमानी पनि साबित भयो । एक अर्को खेल गोलरहित बराबरीतर्फ अग्रसर भएका बेला अमाडोउ डियोपले ८९ औं मिनेटमा निर्णायक गोल गरे । उनले यसका लागि पेनाल्टी एरियाको ठीकबाहिरबाट गरेको प्रहार गोलमा परिणत भयो । १–० ले जितेको खेलपछि काठमाडौंका प्रशिक्षक प्याट्रिक डे वाइडले भने, ‘यो खेलमा जितका लागि हामी नै हकदार थियौं ।’

उनको कतिसम्म दाबी रह्यो भने जसले यो खेललाई ‘इन्जोय’ गर्दैन, त्यो फुटबल समर्थक नै होइन । उनले थपे, ‘आज जित्यौं, त्यसैले खुसी छौं । हाम्रो यो पहिलो जित हो । हामी अझै प्लेअफका लागि छनोट भएका छैनौं ।’ हारका बावजुत यो खेलका नायक रहे, बुटवल–लुम्बिनीका गोलरक्षक दीप कार्की । उनी नहुँदो हो त यो खेलमै मात्र किन र, पूरा प्रतियोगितामै बुटवल–लुम्बिनीको के स्थिति हुने थियो, त्यो कल्पना गर्न सकिन्न ।

खेलपछि मिडियासामु आउनेमा दीप पनि रहे । उनले भने, ‘मलाई प्रतियोगितामा आफूलाई प्रमाणित गर्नु थियो । मलाई लाग्छ, अरू नेपाली गोलरक्षकले पनि आफूलाई प्रमाणित गरेका छन् ।’ खेलाडी अक्सनमा लगभग सबै टिमले स्वदेशी गोलरक्षकलाई बेवास्ता गर्दै विदेशी खेलाडीमै भरपर्ने काम गरेको थियो । पूरा खेललाई लिएर बुटवल–लुम्बिनीका प्रशिक्षक पुष्पलाल शर्माले यसअघिका खेलको तुलनामा आफ्ना खेलाडीले राम्रो खेलेको दाबी गरे |

तर, उनलाई के लागेको छ भने आफ्नो टिम १० खेलाडीमा सीमित रहेर खेलेको थियो, त्यसैले यसको असर खेलमा पर्नु नै थियो । खेलको ७२ औं मिनेटमा सुमन श्रेष्ठले सिधै रातो कार्ड खाए । काठमाडौं कर्नर प्रहार गर्ने क्रममा थियो । यही बेला सुमनले विपक्षी खेलाडी अलिजोन अलिजोनोभलाई मुक्का हाने रेफ्री प्रज्ज्वल क्षेत्रीसामु रातो कार्डबाहेक अर्को विकल्प थिएन । समग्रमा प्रशिक्षक शर्मालाई के पनि लागेको छ भने सायद टिमको तयारी पनि पुगेन ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ