खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, 14 जुलाई(निसं): खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङको गिध्द पहाडस्थित सन्त एन्थोनी स्कूलमा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिसको प्रभारी बीरेन्द्र छेत्री, एएसआई राकेश गजमेर, उपास राई,स्वेता मण्डल लगायत अन्यहरु उपस्थित रहेका थिए। यस ट्राफिक सचेतना कार्यक्रमलाई स्कूलको तर्फबाट शिक्षक सुजित मुखर्जीले सञ्चालन गरेका थिए। यस कार्यक्रममा खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीले विद्यार्थी नानीहरुलाई सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत ट्राफिक सुरक्षा विषयमा सचेतना गराएका थिए। उनले विद्यार्थीहरुले आफ्नो युनिफर्ममा बाइक र स्कुटी नचलाउने सुझाव दिएका छन् भने चलाए पनि लाइसेन्स हुनु पर्ने र अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने साथै तीनजना चढेर नकुदाउनु पर्ने विषयमा सचेत गराएका छन्। उनले विद्यार्थी नानीहरुलाई ड्रग्सको विषयमा पनि सचेतना गराएका थिए। उनले ड्रग्समाथि बोल्दै भने, ड्रग्स सेवनले जेल पनि हुनसक्छ। नानीहरुले भविष्य निर्माण गर्नुपर्छ तर ड्रग्सको कुलतमा पर्नु हुँदैन। नानीहरुले आफ्नो लक्ष्यलाई हेरेर अघि बढ्नु पर्छ तर अभिभावकहरुलाई आईफोन, बाइक स्कुटी किनि मग्नुभन्दा भविष्य निर्माण गर्नु अघि बढ्नुपर्छ। कार्यक्रममा एएसआई राकेश गजमेरले पनि ट्राफिक सचेतना विषयमा सचेतना गराएका थिए।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा