चिया बगानको 30 प्रतिशत जमिन विषयमा खरसाङमा नागरिक कन्भेन्सन सम्पन्न

Share this news

खरसाङ, 14 जुलाई (निसं): जमिन जीविका परिवेश बचाऊ अभियानको को-अर्डिनेटिङ टीमको आयोजनमा खरसाङको बरबुङ बस्तीमा नागरिक कन्भेन्सन सम्पन्न भयो। राज्य सरकारले टी टूरिज्म अनि अन्य व्यवसायका निम्ति 30 प्रतिशत जमिन मालिकवर्गलाई दिने घोषणाको विरोध जनाउँदै गत 30 मार्च 2025 को दिन सिलगढ़ीमा वृहत रुपमा गण-कन्भेन्सन सम्पन्न भएको थियो, सोही कन्भेन्सनले ग्रामीण स्तरदेखि महकुमा र जिल्ला स्तरमा कन्भेन्सन वा बैठकहरू गर्ने निर्णय लिएको थियो, जुन अभियान खरसाङबाट शुरू भएको बताइएको छ। खरसाङमा सम्पन्न भएको सम्मेलनमा खरसाङ, लङभ्यू, रिङटङ, मार्गरेटस् होप, बालासन आदि क्षेत्रका श्रमिक प्रतिनिधिहरू उपस्थित रहेका थिए। कन्भेन्सनमा को-अर्डिनेटिङ टीमको संयोजक छेवाङ योञ्जनले कन्भेन्सनको प्रस्ताव पेश गरेका थिए। यो कन्भेन्सनले माग गरेको छ कि तुरुन्तै नयाँ र सही तरिकाले यस क्षेत्रको भूमि सर्वेक्षण गरेर चिया बगान लगायत सबै क्षेत्रको मौजा नक्सा बनाउनु पर्छ। उक्त मौजा नक्साको आधारमा वन अधिकार कानुनको उचित कार्यान्वयन गर्नुपर्छ, चिया र सिन्कोना श्रमिकहरूलाई जमिनको पट्टा दिनुपर्छ। टी टुरिजम एण्ड एलाइड बिजनेस पोलिसी खारेज गर्नुपर्छ, चिया बगानको जमिनमा अन्य कुनै व्यवसाय गर्न अनुमति दिनु पाउँदैन भन्ने रहेको छ। त्यसरी नै ग्राम सभाको अनुमतिबिना वन बस्तीमा कुनै व्यवसाय वा निर्माण कार्य गर्न दिनु पाउँदैन, वन अधिकार ऐन अनुसार सामुदायिक वन सम्पदा अधिकार स्वीकार गर्नुपर्छ, सर्वसाधारणलाई कुनै पनि अवस्थामा वन बस्तीबाट उच्छेद गर्न पाउँदैन, टी ऐक्ट 1953 को स्थगित गरिएका धाराहरूलाई पुनर्बहाली गरिनुपर्छ, श्रमिकहित विरोधी श्रम संहिता खारेज गर्नुपर्छ र श्रमिक हितमा प्रचलित श्रम कानुनहरूलाई आवश्यक सुधार गरेर उचित रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने मांग रहेका छन्। त्यस्तै प्रकारले बन्द, परित्याग गरिएका र निष्क्रिय चिया बगानहरू सञ्चालन गर्न र सिन्कोना बगानको पुनरुत्थानका लागि उचित कदम चाल्नु पर्छ। चिया श्रमिकहरूको न्यूनतम ज्याला लगायत श्रमजीवी मानिसहरूको सबै कानुनी हक सुनिश्‍चित गर्नुपर्छ। खेतीयोग्य जमिनको रक्षाका लागि उपयुक्त कदम चाल्नुपर्छ अनि पहाड़-तराई-डुवर्सको प्रकृति-पर्यावरण नष्ट गर्ने सबै परियोजनाहरू र गतिविधिहरू तुरुन्तै बन्द गर्नुपर्छ आदि मांगहरु रहेका छन्। यो कन्भेन्सनले विभिन्न क्षेत्रका श्रमजीवी मानिसहरू र शुभ चिन्तकहरूलाई उपरोक्त मागहरू लिएर दह्रो साथै सक्रिय आन्दोलन गर्ने आह्वान गरेको छ। यस सम्मेलनमा एडवाइजरी टीमबाट अभिजीत राय र शमीक चक्रवर्ती उपस्थित रहेका थिए। सम्मेलनमा लङभ्यू चिया बगानबाट तनुजा लामा, कमली थापा, मार्गरेटस् होपबाट उषा राई, रिङटङ बगानबाट रूबिना राई आदिले सम्बोधन गरेका थिए। वक्ताहरूले 30 प्रतिशत जमिन मालिकवर्गलाई दिइने सरकारी घोषणाको कड़ा रुपमा विरोध गरेका थिए। आफ्नो अधीनमा भएका जम्मै जमिनको मालिकाना हक पाउनु पर्ने कुरामा जोर वक्ताहरूले दिएका थिए। सम्मेलनलाई कोडिनेटर टीमबाट शंकर पाल, सल्लाहकार अभिजीत रोय, ट्रेड यूनियन प्रतिनिधि सुमेन्द्र तामाङ आदिले पनि सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा सुमेन्द्र तामाङले भने, सन् 2013 मा बंगाल सरकारले 5 एकर चिया बगानको जमीन टी टुरिजमको निम्ति प्रयोग गर्न सकिने अधिसूचना निकालेको थियो। त्यस पछि 2015 मा त्यसलाई 5 प्रतिशतको दरले बढाइयो। 2019 मा 15 प्रतिशत अनि अहिले आएर 30 प्रतिशत बनाइएको छ। यस बाट के बुझ्न सकिन्छ भने चिया कमानको जमीन बिस्तारै निजी सम्पतिको रुपमा मालिकहरूलाई बिक्री गरिंदैछ। गुल्मा, सिभिटार, जंगपाना, मजुवा, चिम्नी, बगौड़ा, सिटोङ, लाटपञ्चरको सम्पूर्ण अञ्चल अनि दार्जीलिङ मोड़ भित्र पसेपछि सुक्ना, दागापुर, गाड़ीधुरा, लङभ्यू अनि जम्मै मिरिक क्षेत्रलाई टी टूरिज्म योजनामा हाल्ने प्रयास गरेको छ। यी ठाउँहरूका चिया बगानको जमीनलाई अब टी टुरिजमको नाममा मालिकहरूले कब्जा गर्ने षड़यन्त्र गरिरहेका छन्। आगामी केही कन्भेन्सनहरु विभिन्न समयमा विभिन्न स्थानहरुमा हुने पनि बताइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ